फोनिज काभ्रेको छैटौं जिल्ला अधिबेशन

धुलिखेल/नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) काभ्रेको छ्रैटौ जिल्ला अधिबेशन धुलिखेलमा शुरु भएको छ । अधिबेशनको बन्द सत्रले नयाँ समिति चयन गर्नेछ ।

अधिबेशनको उद्घाटन केन्द्रीय अध्यक्ष गजुरधन राईले गरे । फोनिजले देशभरका जिल्लाहरुमा अधिबेशन गरिरहेको छ । प्रदेशहरुको अधिबेशन सम्पन्न गरी चैत्र १५–१७ गते केन्द्रीय महाधिबेशनको तयारी गरेको छ ।

अधिबेशनको उद्घाटन सत्रमा रोशी गाउँपालिकाका अध्यक्ष एवं फोनिजका जिल्ला संस्थापक अध्यक्ष दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने, पुर्व अध्यक्षहरु महेश पौडेल र मोतीराम तिमल्सिना, फोनिजका पेमा लामा, अध्यक्ष इन्द्र थापा, सचिव सुरज श्रेष्ठ, जिल्ला स्थित प्रेससँग सम्वन्धित संघ संस्थाका अध्यक्षहरुले अधिबेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

फोनिजमा नयाँ र नविकरण गरी ६३ सदस्य आवद्ध छन् ।