काभ्रेमा मनाईयो पृथ्वीनारायण शाहको जन्मजयन्ती

धुलिखेल/नेपाल एकीकरण तथा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३ सय ३ औ जन्मजयन्ती काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम तथा बनेपा चोकमा मनाईएको छ ।

धुलिखेलमा तत्कालिन समयमा राजा महेन्द्रको शालिक राखिएको थियो भने बनेपाको चारदोवाटो चोकमा त्रिभुवनको शालिक राखिएको थियो ।

माओवादी शान्ति प्रकृयामा आए लगत्तै दुबै शालिकहरु फालिएको थियो । सोहि स्थानमा एकता दिवसको अवसर पारी पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरी जन्मोत्सव मनाईएको हो ।

धुलिखेलको सरस्वती बजारमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य उदय सिंह मुस्याजु, आमन्त्रित केन्द्रिय सदस्य श्रीकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष सहदेव भण्डारी, धुलिखेल नगर अध्यक्ष बुद्धराम वेयजु श्रेष्ठ सहित राप्रपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बनेपामा आयोजित कार्यक्रममा अभियान्ताहरु सहभागि थिए ।