सामाजिक जागरण मञ्चको २२ औं वार्षिक साधारण सभा
धुलिखेल/ सामाजिक जागरण मञ्चको वार्षिक साधारण सभा संस्थाका जेष्ठ सदस्य तथा आजीवन सदस्य पुर्ण बहादुर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी कर्माचार्यले उक्त संस्था नितान्त सामाजिक भएकाले नामै सामाजिक जागरण राखिएको बताए । समाजमा जागरण ल्याउन र सकारात्मक उर्जा प्रदान गर्न सस्थाले अहम भुमिका खेलेको उनको भनाई थियो । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गोविन्द भण्डारी, सेतिदेवी बहुउदेश्यीय उपभोक्ता समुहका अध्यक्ष जयराम थापा, अटल पाँचकुण्ड साकोसका सचिब जयराम कुईकेल, समुन्त पाठशालाका अध्यक्ष देवकृष्ण श्रेष्ठ, धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण भुषण खोजु लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब कमल बहादुर रायले, आर्थिक प्रतिबेदन विष्णु शर्माले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष हरिगोपाल प्रधानाङ्गले राखेका थिए भने सभापतित्व जागरण मञ्चका अध्यक्ष पृथ्वी थापाले गरेका थिए ।
साधारण सभाको बन्द सत्रबाट कार्य समितिमा पृथ्वी थापा, हरिगोपाल प्रधानाङ्ग, कमल राय, विष्णु शर्मा, देवकृष्ण श्रेष्ठ, रामगोपाल घले, दयाराम महत, विनोद पराजुली, विदुर बस्नेत, मथुरा तोलाङ्गे र नानु देवी कुईकेल चयन छन् । पदाधिकारीको कार्यविभाजन पहिलो बैठकले टुङ्गयाउने छ ।