राष्ट्रिय योग दिवसको अबसरमा योग आसन प्रतियोगिता
बनेपा/पतंञ्जली योग समिति काभ्रेले राष्ट्रिय योग दिवसको अबसरमा १० देखि २२ वर्ष सम्मका बालबालिकाहरुका लागी योग आशन प्रतियोगिताको आयोजना गरेको छ ।
आगामी माघ १ गतेको रष्ट्रिय योग दिवसको पुर्व सन्ध्यामा प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका सभापति तथा पतंञ्जली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थले बताए । प्रतियोगितामा जिल्ला भरीका ४० वालबालिकाहरुको सहभागिता रहेको थियो भने प्रतियोगितामा उत्कृष्ट हुनेलाई प्रमाणपत्र, स्टेश्नरी प्रदान गरिने कायस्थले बताए । सानै देखी बालकालिकाहरुलाई योग अभ्यास गराई स्वस्थ बनाउन लागिएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथी पतंञ्जली योग समिति वागमति प्रदेश अध्यक्ष ग्रुबेन तौजलेले काभ्रे जिल्ला योगमय भएको बताए ।
जिल्लालाई योगको नेपालकै नमुना बनाई सबै नागरीकहरुले योग अभ्यास अनिवार्य गर्न आह्वान गरेका थिए । आफु स्वस्थ भए, घर समाज र राष्ट्रलाई नै स्वस्थ बनाउन सकिने भएकाले योग अनिवार्य रहेको तौजलेले बताए ।
कार्यक्रममा स्वागत मन्तब्य महिला पतंजली योग समिति अध्यक्ष ईन्दिरा तौजलले राखेकी थिईन् । कार्यक्रममा पतंञ्जली योग समिति काभ्रेका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका संयोजक युवा नेपालका अध्यक्ष रमेश श्रेष्ठले आगामी माघ १ गते नालामा बृहत राष्ट्रिय योग दिवस मनाउन लागिएको बताए ।