धुलिखेल अस्पताल र केयूबीच सहकार्य जारी राख्ने सहमति

काठमाडौं /धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालय (केयू) बीच सहकार्यलाई निरन्तरता दिने सहमति भएको छ । विवाद समाधान गर्न गठित समितिले सहकार्यलाई निरन्तरता दिने र दुई संस्थाले गर्ने काममा थप स्पष्ट पार्ने सहमति जुटेको हो ।
‘सहकार्यलाई सुदृढ गर्ने सहमति भएको छ । पहिलाको सहमतिमा कसले के गर्ने भन्ने स्पष्टता नभएकाले अब स्पष्ट पारेर अगाडि जानेमा दुबै पक्ष सहमत भएका छन्,’ केयू स्रोतले भन्यो ।विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीता पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, कानुन संकायका डीन प्रा.डा. ऋषिकेश वाग्ले र मेडिकल संकायका डिन प्रा.डा. मनोज हुमागाईं सदस्य थिए ।
अस्पतालका तर्फबाट विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. रामकण्ठ माकजु र डाक्टरहरू डा. विराज कर्माचार्य र डा. राजीव श्रेष्ठ छन् ।