ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ थुम्पाखर स्थित ८ किलोमा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दोलखाबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०५३४ नम्बरका मालबाहक ट्रकले बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि आगलागी हुँदा बाइक चालक लिसंखुपाखर गाउँपालिका–६ डाँडापाखरका दावा छिरिङ लामाको जलेर मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय अंधेरीका इन्चाज तथा वरिष्ठ सई गोपीराम भण्डारीले जानकारी दिएका छन् ।

ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकको टक्करबाट चालकको मृत्यु भएपछि अहिले लामोसाँघु–जिरी सडकखण्ड अवरुद्ध भएको छ । यो समाचार तयार पार्दासम्म सवारीसाधान पूर्णरुपमा ठप्प भएको छ ।