धुलिखेल नगरपालिकामा महिलाहरु मात्र रहेको निजामती कर्मचारी सङ्गठन गठन

धुलिखेल/धुलिखेल नगरपालिकामा नेपाल निजामती कर्मचारी सङ्गठन गठन गरिएको छ । नगरपालिका स्तरीय पहिलो भेलाले पालिका स्तरीय नेपाल निजामती कर्मचारी सङ्गठन गठन गरेको हो ।

धुलिखेल नगरपालिकामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको नेपाल निजामती कर्मचारी कर्मचारी सङ्गठन काभ्रेका अध्यक्ष गायत्रीरमण घिमिरेले जानकारी दिए । संगठनको इतिहासमा पहिलो महिला नै महिला रहेको समिति धुलिखेलको हो ।

समितिको नेतृत्व रविना घिमिरे तिमल्सिनाको अध्यक्षतामा गठन गरिएको छ । उपाध्यक्षमा निर्मला रावल, सचिवमा सम्झना शर्मा नेपाल, कोषाध्यक्षमा भवानी कुमारी मिश्र भट्टराई चयन भएकी छिन् । सदस्यमा अमिना प्रधान, संगिता भण्डारी, शक्ति रेग्मी, शिरिषा विश्वकर्मा, सिता तामाङ, अस्मिता कार्की, सरिता रासकोटी, अप्सरा थापा मगर, सुभद्रा भण्डारी चयन भएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन काभ्रेका अध्यक्ष गायत्रीरमण घिमिरेको अध्यक्षता एवं नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज भवानी हुमागाईको प्रमुख आतिथ्यता तथा काभ्रे संगठनका पूर्व अध्यक्ष सरोज थापा, स्थानीय निकाय कर्मचारी संघका केन्द्रिय महासचिव विदुर गौतम, पेशागत महासंघ नेपालका केन्द्रिय सदस्य सरिता सापकोटा लगायतको उपस्थितिमा धुलिखेल नगरपालिकाको पहिलो अधिवेशन सम्पन्न गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

निर्वाचन समितिमा विदुर गौतम, सरोज थापा र राजेन्द्र बजगाई रहेका थिए । सङ्गठनको १२ औँ जिल्ला अधिवेशनका लागि माघ १० गते भित्र पालिका अधिवेशन सम्पन्न गर्ने कार्य योजना अनुसार पालिका अधिवेशन गरिएको उनले बताए ।

तस्बिरहरुः