काठमाडौं विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी अच्युत वाग्लेलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा.अच्युत प्रसाद वाग्लेलाई दिइएको छ । उपकुलपति प्रा.डा. भोला थापाको पदावधि सकिएपछि केयुका रजिष्ट्रार प्रा.डा.वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको हो । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१/१०/७ गतेको निर्णय अनुसार वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
विश्वविद्यालय कार्य व्यवस्था नियम, २०४९ को परिच्छेद ५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि दैनिक कार्य सञ्चालन गर्न वाग्लेलाई जिम्मेवारी दिइएको हो । केयुको उपकुलपति नियुक्ति प्रकृया अघि बढिसकेको छ ।