दुई हजार सालमा बनेपामा खोलिएको सहकारीको इतिहास कार्यान्वन गराउन जुटे सहकारी अभियान्ता

बनेपा/संसदीय छानविन समितिले काभ्रेपलाञ्चोक जिल्लामा २ हजार सालमा सहकारी खोलिएको भन्ने सरकारी दस्तावेजलाई कार्यान्वनमा ल्याउन जिल्ला स्थित सहकारीसँग सम्वन्धित सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा भएको सरोकारवालाहरुको छलफल कार्यक्रममा सहभागिहरुले संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन मन्त्रीपरिषद्ले तत्कालै कार्यान्वयन गर्ने निर्णयलाई सरकारी स्तरबाट कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।
अध्यक्ष अमन पोटेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बरिष्ठ साहित्यकार एवं इतिहासविद मोहन दुवाल, सहकारी अभियान्ता दिपकप्रसाद पौडेल, जिल्ला सहकारी संघका पुर्व अध्यक्ष विनोद पराजुली, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, जिल्ला सहकारी संघका पदाधिकारीहरु, काभ्रेपलाञ्चोक जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्षद्धय निर्मला श्रेष्ठ, सागर कपाली, सहकारी अभियान्ता मुकुन्द दाहाल तथा विभिन्न सहकारीका संचालकहरुको सहभागिता रहेको थियो । सहभागिहरुले सरकारले निर्णय गरेको उक्त प्रतिवेदनलाई तत्काल ब्यहारत कार्यान्वयनमा ल्याउन लविङ्ग गर्न अनुरोध गरे ।

नेपालको ईतिहासमा हालसम्म चितवन जिल्लाको शारदा नगरमा २०१३ साल चैत्र २० गते बखान ऋण सहकारी संस्था स्थापना भई संचालनमा आएको संस्था नै नेपालको पहिलो सहकारी संस्था भएको उल्लेख छ । संसदिय समितिले उक्त तथ्य गलत भएको पत्ता लगाएको थियो ।
सहकारीको इतिहास अहिले पनि आधिकारिक छैन । सरकारी तथ्यांकमा पहिलो पटक साहुहरुको ऋणबाट मुक्त हुन २ हजार सालमा पुर्व १ नम्वर बनेपामा बैक र को अपरेटिभ सेसाईटीका नाममा जनतालाई ऋण मुक्त गराउने अभियान सरकारले नै शुरु गरेको तथ्यहरु फेला परेका छन् ।
सहकारी सम्वन्धी अध्ययन गरिरहेको समितिले उक्त विषयमा थप सूचना र तथ्याङ्कहरु संकलन गरिरहेको छ । ‘त्यस बखतको नेपाल पुस्तक’को भाग २ मा (१९८६–१९९७) सालभाग ३ (१९९७–२००२ साल) मा काभ्रेपलाञ्चोक जिल्लामा तत्कालिन सरकारले को अपरेटिभ संस्था खोलेको उल्लेख छ । बनेपामा ती संस्थाहरु खोल्न पर्ने अनेक कारणहरु मध्ये ठोस कारण थियो–बनेपाका अति लोकप्रिय राजदास बादे श्रेष्ठको सहयोगमा बनेपामा ऋषिदेखि कुटीर उद्योगको केन्द्र, यातायातको सुविधा, पूर्व पहाडको ढोका जस्तो र बनेपाकालीहरुको औधोगिक मनोबृत्ति । राजदास बादे श्रेष्ठ बनेपामा लोकिप्रिय नेता र समाजसेवी मात्रै थिएनन । लाएण्ड भोर्गेज बैक र को–अपरेटिभ सोसाईटीबाट त्यहाँका दुखी जनताले उठाउन सक्ने फाईदा पनि उनले राम्रो मर्म बुझेका थिए ।
मे.ज. विजय र प्रो.भिमबहादुर भन्दा पनि उनी बढी इच्छुक थिए । ती संस्था बनेपामा चाँडो खोलाईन र चलाउन । नव गठित लाएण्ड भोर्गेज बैक (साहुको ऋण चुक्ता गरी हलुका ब्याज लिने गरी जमीन साहुबाट निखनी किसानलाई फिर्ता दिने) र को अपरेटिभ सोसाईटी भन्ने नयाँ अड्डाका हाकिममा गोविन्दप्रसाद गोर्खाली, उनको मातहतमा श्री हरिबहादुर प्रधान, अजिरमान श्रेष्ठ, मुखियामा रामकृष्ण श्रेष्ठ, कारिन्दा हरिकृष्ण मल्ल र पालेहरु तुरुन्त नियुक्ति भएका थिए ।
विरगञ्जका भक्तबहादुर श्रेष्ठ बनेपामा खुलेको बैक र को–अपरेटिभ सोसाईटीका मेनेजेर थिए । बनेपामा २ हजार सालको भदौ महिनामा उक्त बैक र सोसाईटी खुल्ने कुराले पुर्व नम्वर १ का गरीब जनता खुशी भएका थिए । खेतबारी बन्धकी राखी अति चर्काे ब्याजमा काडेका जनताको ऋण सरकारका तर्फबाट तिरी, साहुको हात परेका जमीन उनिहरुलाई फकाई दिने र कृषि, घरेलु इलमीलाई आवश्यक बीज अथवा औधोगिक कोरा जिनिस सुपथ मोलमा किन्ने र उनिहरुले तयारी गरेको सामान उचित भाउमा बेच्ने प्रवन्ध मिलाई दिने यि संस्थाका मुख्य काम थिए ।
विक्रम सम्वत २ हजार सालमा गठित ती दुई संस्था २०१६ सालको भूमिसुधार ऐन भन्दा क्रान्तिकारी भएको उक्त पुस्तकको पृष्ठ संख्या २४२ मा उल्लेख गरिएको छ । उक्त बैक र को अपरेटिभ सोसाईटी २००५ चैत्र १ गते देखि बन्द गरिएको उल्लेख छ । उक्त बैकमा काम गर्ने कर्मचारीहरु असिस्टेन्ट हरिबहादुर प्रधानके र इन्पेक्टर अंजीरमान सिं प्रधानकेलाई ५ सय ५० रुपैया दिने गरी २००६ साल जेठ १० गते निर्णय भएको थियो । कम्याण्डरी किताव खाना दर्ता फाँट हाकिम कारिन्दाले पुर्जी हेरी लाएण्ड मोर्टगेज बैकका तपसीलका जवानहरुलाई २००५ साल चैत्र १ गते देखि खारेज भएकोमा सो जवानलाई राष्ट्रिय आर्थिक योजना समितिको काममा लाई राख्नु भन्ने हुकुम थियो । नानी मे.ज.विजय शम्शेर जबराले उक्त पत्र लेखी पठाएका थिए । सहकारीको इतिहास कायम गराउन अहोरात्र सक्रिय सहकारीकर्मी दिपक पौडेल हुन् । उनी समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका सदस्य (२०७४–२९७६) थिए । उनी जिल्ला र राष्ट्रिय स्तरमा निरन्तर यो अभियानमा लागिरहे तर उनको कुराको सुनुवाई हुँदै भएन ।
बनेपामा सहकारी स्थापना र त्यसको शुरुवात तथा निरन्तरताका बारेमा साहित्यकार, इतिहासविद मोहन दुवाल ज्ञाता हुन् । उनीसँग सोहि सम्वन्धी तथ्यहरु पनि छन् । बनेपाको शिर मेमोरियल अस्पताल स्थापनामा पनि उनै राजदास बादेको सक्रियता थियो । राजदासका सन्तान राजनीतिमा छैनन । राजदासका तीनै भाई राजनीतिमा सक्रिय थिए ।