बनेपा २ गिरीगाउँमा श्रीमद भागवत भक्ति सत्संगको ७० औ अनुष्ठान समापन

बनेपा/बनेपा नगरपालिका २, गिरी गाउँ, करुणामय घिमिरे गाउँ मार्गमा माघ १८ देखि शुरु भएको स्वर्णिम श्रीमद् भागवत भक्ति सत्संग अनुष्ठान २०८१ शुक्रबार सकिएको छ । कथा ब्यास राष्ट्रिय विभूषित नारीरत्न विदुषी आचार्य सुश्री अनुराधा देवी जीद्वारा कथा बाचन गरिएको उक्त अनुष्ठानअभियानकर्तामुमुक्षु उद्धव शर्माद्वारा देशब्यापी १०८ श्रीमद्भागवत सत्संगको ७० औ भाग हो ।

काभ्रेपलाञ्चोक जिल्लाका पनौती, चलालगणेश्थान तथा विभिन्न क्षेत्रमा आयोजना गरिएको उक्त सत्संग मार्फत समुदाय परिचालन, समाजमा सकारात्मक सोच तथा विभिन्न सामाजिक कृयाकलाप गर्ने उदेश्य रहेको मुमुक्षु अभियानकर्ता शर्माले बताए । बनेपा २ गिरीगाउँमा आयोजना गरिएको उक्त सत्संग अनुष्ठान मार्फत जेष्ठ नागरिक दिवा सेवा केन्द्र एवं सिद्धेश्वर महादेव मन्दिरको पूर्वाधार विकासार्थ आयोजना गरिएको यज्ञ मुल समारोह समिति तथा सिद्धेश्वर महादेव मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नकुल गिरीले बताए ।

२०८१ माघ १८ गते पुर्वाङ्ग सहित कलश यात्रा गरि शुरु गरिएको अनुष्ठान कार्यक्रममा हरेक दिन विभिन्न दिब्य झाँकी लीला प्रर्दशन सहित भक्ति संगीत आयोजना गरिको थियो । सामाजिक कार्यका लागि सहयोग गर्ने दानविरहरुलाई विभिन्न खालको सम्मान गरिएको थियो । समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतका संचारकर्मीहरु, जनप्रतिनिधिहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।