बालबालिकालाई सीप सिकाउँदै वडा कार्यालय

पनौती नगरपालिका वडा नम्बर ४ ले बालबालिकालाई जीवनोपयोगी सीप सिकाउन थालेको छ । वडा कार्यालय र मित्रता वडा बाल सञ्जालको संयुक्त आयोजनामा विभिन्न सिपमुलक तालिम प्रदान गर्न थालिएको हो ।

बालबालिकालाई व्यवहारिक र जीवनोपयोगी ज्ञान तथा सीप दिने उदेश्यले तालिम आयोजना गरिएको बालमैत्री सहजकर्ता ललिता धितालले जानकारी दिइन् । बालबालिकाहरुलाई धुप बनाउने, कपासको बत्ति कात्ने र ह्याण्डी क्राफ्ट सम्बन्धी तालिम सुरु गरिएको हो ।

बजारबाट किनेको वत्ति प्रयोग गर्दै आइएको भन्दै बालबालिकाले अब आफुले सिकेको सीपलाई दैनिक घरमा प्रयोग गर्न सकिने बताएका छन् । पढ्न लेख्न जान्ने तर घरायसी काम नजान्ने समस्यालाई समेत यस्ता तालिमले हल गर्ने वडा कार्यालयको विश्वास छ । भविष्यमा व्यवसायीक रुपमा समेत सीपलाई प्रयोग गर्न सकिने बालबालिकाहरुले बताएका छन् ।

तालिममा उद्घाटन कार्यक्रममा वडा अध्यक्ष दिपक दाहाल, कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्य सविता थापा, सीप सिकाउन सहजीकरण गर्ने सिर्जनशील आमा समुह कोषाध्यक्ष यमकला मल्ल, बाल सञ्जाल अध्यक्ष कुसुम तिमल्सिना, उपाध्यक्ष समिप काफ्ले, सचिव सन्देश खत्री, सह–सचिव दिनिशा तिमल्सिना, कोषाध्यक्ष रोहन पराजुली लगायत बालबालिकाको उपस्थिती रहेको थियो ।