नेसपा(नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौं/ नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार मध्याह्न महाधिवेशन उद्घाटन सत्र सुरु भएको हो।

महाधिवेशन उद्घाटन समारोहमा अन्य दलहरूलाई पनि नेसपाले निम्त्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटालगायत उपस्थित छन्।