पनौती सामुदायिक बोर्डिङमा विद्यार्थीलाई ध्यान शिविर

पनौती/पनौतीमा रहेको सामुदायिक बोर्डिङ्ग स्कुले बालबालिकाहरुको ध्यान केन्द्रित गर्न तथा उनिहरुलाई स्वस्थ राख्न ध्यान केन्द्रित विपश्यना ध्यान केन्द्र काठमाडौ मार्फत प्रशिक्षण दिएको छ ।
कक्षा ७ देखि १० सम्मका बालबालिकाहरुका लागि संचालन गरिएको उक्त ध्यानमा दिमागलाई नियन्त्रण र सचेतना बृद्धि गर्ने टेक्निक र प्राक्टिस सहित मेडिटेसन शिविर आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल पूर्णकुमार श्रेष्ठले जानकारी दिए ।
माघ २५ गते शुरु भएको मेडिटेसन शिविर सोमबार २७ गते समापन गरिएको हो । विपश्यना ध्यान केन्द्रका प्रशिक्षकद्धय जीवन खड्गी र अशोकले सहजीकरण गरेको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई आनापान सती नामक ध्यान विधिद्वारा बालबालिकाहरुको ध्यान केन्द्रित गरी पढाईमा सुधार हुने विश्वास लिएको छ ।

विद्यार्थीहरुलाई घरमा तथा अन्य क्षेत्रमा हुने तनावलाई न्युनिकरण गरी सम्झना शक्तिमा बृद्धी हुने अपेक्षा गरिएको प्रशिक्षक खड्गीले बताए ।
