धुलिखेल–९ फस्कोटमा रहेको बाल चेतना आधारभुत विद्यालयमा शैक्षिक मेला

धुलिखेल नगरपालिका वडा नम्बर ९ मा रहेको श्री बाल चेतना आधारभुत विद्यालयमा शैक्षिक मेला आयोजना गरिएको छ । २०४८ सालमा स्थापित बाल चेतना आधारभुत विद्यालयले पहिलोपटक शैक्षिक मेला आयोजना गरेको हो । मेलामा नेपाली, सामाजिक, गणित, विज्ञान विषयसहित शैक्षिक सिकाई सम्बन्धी २२ वटा स्टल राखिएको थियो ।
शैक्षिक मेलामा धुलिखेल नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बद्रीप्रसाद हुमागाँई, धुलिखेल नगरपालिका शिक्षा शाखाका प्रमुख डिकबहादुर राई, शिक्षा अधिकृत भोजकुमार ठकुरी, विद्यालयका प्रधानाध्याक राजेन्द्र प्रसाद हुमागाँई, शैक्षिक सशक्तिकरण केन्द्रका कार्यकारी निर्देशक दिपक रोका, जर्मन नेपाल सहयोग संघ शिक्षा कार्यक्रम संयोजक चन्द्र कुमार श्रेष्ठ, आमा समुह अध्यक्ष सविना थापा बस्नेत लगायत शिक्षक विद्यार्थी, अभिभावको अपस्थिती रहेको थियो ।
बाल चेतना आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद हुमागाँईले विद्यालयको गतिविधी बारे जानकारी दिने र सुधारका उपाय सहित सुझाव लिने उदेश्यले मेला आयोजना गरिएको बताए । विद्यार्थीको प्रतिभा पहिचानका लागि समेत शैक्षिक मेला महत्वपुर्ण रहेको उनको भनाई छ । मेलामा धुलिखेल नगरपालिका भित्रका ३२ वटा विद्यालयका प्रधानाध्यापक, एमजीएमएल सञ्चालन भएका सम्पुर्ण विद्यालयका शिक्षक र छिमेकी विद्यालयका विद्यार्थी अभिावकलाई सहभागी थिए । नविनतम ज्ञान आदानप्रदानका लागि छिमेकी विद्यालयलाई समेत सहभागी गराइएको प्रधानाध्यापक हुमागाँईले बताए ।
शैक्षिक सशक्तिकरण केन्द्रका कार्यकारी निर्देशक दिपक रोकाले विद्यालयले वर्षभरी सिकाएको र विद्यार्थीले सिकेका विषयअवलोकन गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । सिकेका कुरा सरोकारवाला माझ प्रस्फुटन गर्नसक्ने अभिव्यक्ति कला महत्वपुर्ण हुने भन्दै कार्यकारी निर्देशक रोकाले प्रभावकारी प्रस्तुती शैक्षिक गुणस्तरको सुचक भएको बताए । विद्यालयले कसरी सिकाउँछ, विद्यार्थी कसरी सिक्छन् र विद्यालयको वातावरण्मा कस्तो छ भन्ने कुरा महोत्सवले जानकारी दिने उनले बताए । क्रियाकलापमा आधारित बाल केन्द्रित सिकाई शैक्षिक सशक्तिकरण केन्द्रको प्राथकिता रहेको पनि उनले बताए । विद्यालय जीवनमा पहिलोपटक आयोजना गरिएको मेला आफैंमा महत्वपवुर्ण रहेको कार्यकारी निर्देशक रोकाले बताए । मेलाले शिक्षासँग सरोकार राख्ने अभिभावक, विद्यालय, स्थानीय सरकार लगायत सबैलाई विद्यालयको गुणस्तर सिकाई प्रकुयाको बारेमा प्रस्ट पारेको बताए । सुझाव र प्रतिकृया लिएर शिक्षालाई गुणत्मक बनाउन मेला आवश्यक रहेको उनको भनाई छ ।
आमा समुह अध्यक्ष सविना थापा बस्नेतले विद्यार्थीलाई किताबी ज्ञानसँगै बाहिरी ज्ञानसँग जोड्न महोत्सव सफल भएको बताइन् । विद्यालय–विद्यालयसँगको सहकार्य प्रगाढ बनाउन अरु विद्यालयलाई पनि सहभागी गराइएको उनले बताइन् । विद्यार्थीलाई विद्यालयमा सक्रिय बनाउन, अरु विद्यालयमा गएर प्रतिभा देखाउन सक्ने बनाउन महोत्सव सहयोगी बन्ने उनको विश्वास छ । महोत्सवमा चकटी, टपरी लगायतका स्थानीय स्तरका सामाग्री प्रयोग गरीएको छ ।
जर्मन नेपाल सहयोग संघ शिक्षा कार्यक्रम संयोजक चन्द्र कुमार श्रेष्ठले शैक्षिक मेलालाई विद्यालयको एउटा पर्वको रुपमा अथ्र्याएका छन् । सिकाइलाई दिगो बनाउनका लागि महोत्सवले सघाउने उनले बताए ।
शैक्षिक गतिविधिसँगै नविनतम कला सिक्न महोत्सव महत्वपुर्ण रहेको वडा अध्यक्ष बताए । वडा कार्यालयले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा जोड दिएको छ । दैनिक हुने शैक्षिक कृयाकलापकलाई व्यवस्थित र प्रभावकारी बनाउँदै विद्यालयले थप योजना समेत अघि सारेको छ । एउटै बाजेका तीनजना सन्तान सामुदायिक विद्यालयमा अध्ययन गरेमा मासिक एक हजार भत्ता दिन थालिएको बताए । सामुदायिक विद्यालयलाई जसरी पनि सिध्याउने अभियानमा नीजि विद्यालय रहेको उनले बताए । शिक्षक विश्वतारा तिमल्सिना, पार्वती श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए ।




