ब्लड क्यान्सर भएका बेथानचोकका भोजबहादुर बचाउन अपिल

बेथानचोक/बेथानचोक गाउँपालिका वडा नम्वर २ पाटनेखोला घर भई गेल्ढुङ्ग बजार बस्दै आएका ४२ बर्षिय भोजबहादुर भनिने लक्ष्मण तिमल्सिनालाई बचाउन उपचारका लागि सहयोग गरिदिन परिवार, स्थानीय तथा आफन्तहरुले अपिल गरेका छन् ।
क्यान्सर विरुद्ध लडिरहेका भोजबहादुरलाई उपचार गर्ने क्रममा रकम अभाव भएको छ । २०७५ पौष २२ गते घरबाट होटल हायत जाने क्रममा काठमाडौको सिनामंगलमा मालबाहक ट्रकसँग उनी सवार मोटरसाईकल ठोक्किँदा दुबै खुट्टा, बायाँ हात तथा कम्मरको हड्डी भाँचिएको थियो । लामो समयको उपचार पछि उनी घरमा आराम गरिरहेका थिए । आराम गरेर नियमित चिकित्सकसँगको परामर्शमा औषधी सहितको उपचार गराईरहेका भोजबहादुरको उपचारमा २० लाख खर्च भईसकेको थियो । उपचारकै क्रममा २०७९ साउन २६ गते भोजबहादुरलाई ब्लड क्यान्सर देखिएको थियो ।
क्यान्सरसँगको उपचारका क्रममा १० लाख भन्दा धेरै खर्च भईसकेको उनका भतिज केदारबहादुर तिमल्सिनाले बताए । पाटन अस्पतालमा उपचार गराईरहेका भोजबहादुरको थप उपचारका लाागि ४० लाख रुपैया तत्काल जम्मा गर्नु पर्ने चिकित्सकको परामर्श पछि उनको उपचार असम्भव जस्तै देखिएको छ । परिवारको अवस्था आर्थिक अवस्था कमजोर रहेकाले उपचार सम्भव गराउन तथा भोजबहादुरलाई क्यान्सरबाट बचाउन तत्काल जम्मा गर्नु पर्ने रकम अभाव भएकाले परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् ।
भोजबहादुर तिमल्सिनालाई सहयोग गर्न चाहनुहुने दाताहरुले स्वंम भोजबहादुर तिमल्सिनाका नाममा रहेको ग्लोबल आईएमई बैकको खाता नम्वर १२२०७०१०००१७३८ तथा उनको छोरी लक्ष्मिना तिमल्सिनाको नाममा रहेको सोहि बैकको खाता नम्वर १२२२०७०१०००३६३७ वा क्यू आर मार्फत समेत रकम पठाएर सहयोग गरिदिनु हुन परिवारका सदस्यहरुले अपिल गरेका छन् । विरामी भोजबहादुरको ९८४१४६०१ र भतिज विदुर तिमल्सिनाको ९८४१८७१३४४ नम्वरको मोवाईलमा समेत सम्पर्क गरिदिनु हुन अनुरोध गरिएको छ । बेथान्चोक गाउँपालिकाले पनि उनको उपचारका लागि जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय समाजसेवी तथा विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिहरुले सहयोग गरिरहेका छन् भने सहयोग जुटाउने अभियानमा समेत कृयाशिल भएका छन् ।