ईशा मेमोरियल स्कुलमा खेलकुद सप्ताह

बनेपा/ ईशा मेमोरियल स्कुल बनेपामा खेलकुद सप्ताह शुरु भएको छ ।


खेलकुद सप्ताह माघ २८ बाट शुरु भएको छ । खेलकुद सप्ताहमा स्याक् रेस, म्यूजिकल चियर, बलुन बस्ट्ङ्गि, रिले रेस, चकलेट बाइटिङ्ग, हट् पोट्याटो लगाएत ३० वटा खेल समाबेश गरिएकोे विद्यालयका संयोजक सुनिता बज्रचार्यले जानकारी दिईन ।

नर्सरी देखी कक्षा ५ सम्मका प्रत्येक विद्यार्र्थीरूले खेल्न सक्ने खेलहरुमा भाग लिएका थिए ।

विद्यालयले पढाईको साथ साथै शैक्षिक क्रियाकलाप, विभिन्न खेलकुद, नृत्य, चित्रकला, हस्तकला, बक्तृत्वकला, हाजिरिजवाफ, रेडियो कार्यक्रम तथा भिडियो कार्यक्रम जस्ता अतिरिक्त क्रियाकलापमा विशेष जोड दिदै आएको निर्देशक नारायण जोशीले बताए ।