तीनवटा प्रदेशमा आंशिक बदली, दुईमा हिमपात हुने

काठमाडौं / देशका केही भूभागमा आज आंशिक बदली हुनेछ । केही स्थानमा हिमपातको पनि सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । देशका मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको विभागले जनाएको छ ।

विभागले दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली हुने जनाएको छ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।