सामुदायिक विद्यालय तर्फ नेपालकै पहिलो आईएसओ प्रमाणपत्र प्राप्त बनेपा नालाको चण्डेश्वरी सृष्टीकान्त विद्यालयले मनायो ७७ औं बार्षिकोत्सव

बनेपा, नाला/७७ वर्ष अघि स्थापना भएको बनेपा नगरपालिका वडा नम्वर ४ नालामा रहेको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयले अभिभावक दिवस, प्रमाणपत्र वितरण, आर्ईएसओ प्रमाणपत्र वितरण लगायतका कार्यक्रम आयोजना गरेको छ । सामुदायिक विद्यालयहरु तर्फ नेपालमा पहिलो पटक नालामा रहेको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयले आईएसओ प्रमाणपत्र प्राप्त गरेको हो ।


प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै बास्कोटाले नेपालको शैक्षिक अवस्था, राज्यको प्राथमिकता तथा शिक्षक र अभिभावकहरुले खेल्नु पर्ने भूमिका बदल्नु पर्ने बताएका थिए । ‘राज्यले लगानी गरेका विद्यालयहरुमा जनसंख्या घटिरहेका कारण बालबालिकाहरुको संख्या कम भएको छ । पूर्वाधार बलिया र राम्रा छन् । शिक्षक छन् । तर विद्यार्थी छैनन’–बास्कोटाले भने–‘बनेपामा रहेको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयले विद्यार्थीहरुको आर्कषण र अभिभावकको विश्वासलाई जित्न सकेको छ । यसको निरन्तरतासँगै अन्य विद्यालयको सिकाईको केन्द्र समेत बनेको छ ।’

कार्यक्रममा बोल्दै वडा अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताए । विशेषगरी स्थानीय अभिभावक तथा शुभचिन्तकहरुले विद्यालय प्रति गरेको अथाहा माया र विश्वास विद्यालय सुधारको पहिलो खुट्किलो रहेको उनले बताए ।

विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद पाण्डेयले विद्यालयले गरिरहेको शैक्षिक प्रगति तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए । विद्यालयमा चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको संख्या १ हजार २२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

विद्यालयले गुणस्तरीय ब्यवस्थापन, शिक्षकहरुको नियमितता तथा अथक मेहनत र प्रयत्न, अभिभावकहरुको निरन्तरको चासो र लगनशिलता, विद्यार्थीहरुको रुचीका कारण विद्यालयले सफलता प्राप्त गरिरहेको प्रधानाध्यापक पाण्डेयले बताए । नेपालमा पहिलो पटक सामुदायिक विद्यालय तर्फ आईएसओ प्रमाणपत्र प्राप्त गरेकोमा सम्पूर्णमा धन्यवाद दिदै प्रधानाध्यापक पाण्डेयले नेपालमा रहेका सामुदायिक विद्यालयहरुको नमूना चण्डेश्वरी सृष्टिकान्त विद्यालय हुने बताए ।

आईएसओ प्रमाणपत्र वितरण गर्दै परामर्शदाता शैलेन्द्र खरेलले विद्यालयले ब्वस्थापकीय क्षमता बृद्धी गर्दै बालबालिकाहरुको शैक्षिक गुणस्तरमा बृद्धी गरेकोमा बधाई दिएका थिए । संस्थागत विद्यालयहरुले उक्त प्रमाणपत्र प्राप्त गरेको भए पनि सामुदायिक तर्फ नेपालमा पहिलो पटक उक्त विद्यालयले ब्यवस्थापकीय प्रणाली र विधिवत ब्यवस्थापनमा सुधार गरी प्रमाणपत्र प्राप्त गरेको बताए ।

कार्यक्रममा विद्यालयले शुरु गरेको ब्यवस्थापन कोषलाई बृद्धी गरी एक करोड पु¥याउने लक्ष्य राखिएको अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताए । ३१ लाख रुपैया पुगेको कोष यो वर्ष ५२ लाख पु¥याईएको छ । केहि वर्ष भित्रै कोष बृद्धी गरी त्यसबाट प्राप्त हुने ब्याजबाट विद्यालयलाई आवश्यक पर्ने विभिन्न खालका खर्चहरुको ब्यवस्थापन गरी विद्यालयलाई नमूना र उत्कृष्ट बनाउने अभियानमा निरन्तर समुदायको साथ रहेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रविधिमैत्री, ब्यवहारीक, संस्कृति तथा सम्पदामैत्री, कृषि तथा आधुनिकिकरण विविध विषयमा बालबालिकाहरुको सिकाई अभिबृद्धी बढाउने गरी विद्यालयले शुरु गरेका कार्यक्रमहरुलाई तीन तहकै सरकारले सहयोग गरिरहेको बताउँदै विद्यालयलाई भौतिक पूर्वाधारको कमी रहेकाले स्थानीय र प्रदेश सरकारले सहयोग पु¥याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, वडा अध्यक्ष रमेश दाहाल तथा विभिन्न वडाका अध्यक्षहरु, पुर्व वडा अध्यक्षहरु, शिक्षा शाखा तथा अन्य शाखाका प्रमुखहरु, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरु, विद्यालयका अभिभावक तथा शुभचिन्तकहरु, शिक्षक विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयले ब्यवस्थापन कोषमा रकम सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो । दर्जनौ ब्यक्तिहरुले कोषमा सहयोग गरेका छन् ।