‘परिणाममुखी शिक्षाका लागि सामुदायिक विद्यालय आवासीय बनाईनु पर्छ’ – पुर्व मन्त्री बास्कोटा

बनेपा, नाला/प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार्न तथा सरकारको लगानीलाई सदुपयोग गर्न आवासीय विद्यालय निर्माणमा ध्यान दिनु पर्ने बताए ।
‘गुणस्तरलाई प्रतिस्पर्धी बनाउन, भरोसायुक्त बनाउन तथा सिद्धान्तलाई ब्यवहारमा उतार्न आवश्यक छ’–पुर्व मन्त्री बास्कोटाले भने–‘शिक्षालाई उत्पादन, आर्थिक रुपान्तरण तथा परिणाममुखी तथा आत्मविश्वास उन्मुख तर्फ अगाडी बढाउनु पर्छ ।’ सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुको संख्यालाई बढाउन आवासिय विद्यालय निर्माणमा तीन तहकै सरकारले ध्यान दिनु पर्ने बताउँदै पुर्व मन्त्री बास्कोटाले जनसंख्याको घट्दो दर, विज्ञ शिक्षकहरुको अभाव हुन थालेकाले शिक्षमा भएको लगानी ब्यवस्थापन गर्नु पर्ने बताए । तीन तहकै सरकारले सोच्ने बेला आएको बताउँदै बास्कोटाले भने–‘अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन, सिकेको ज्ञान र सिपलाई ब्यवहारमा उतार्न तथा धेरै विद्यालय भन्दा आवासीय विद्यालय र गुणस्तरीय शिक्षामा ध्यान दिनु पर्छ ।’

संस्कृति, विचार, ज्ञान, विकास, खोज अनुसन्धान गर्ने प्रमुख स्थल विद्यालय भएकाले बालबालिकाहरुको सिकाईमा बृद्धि गर्न, सामुदायिक विद्यालयहरुमा गुणस्तर अभिबृद्धी गर्न आवश्यक रहेको पुर्व मन्त्री बास्कोटाले बताए । पुर्व मन्त्री बास्कोटाले भने–‘तीनवटा कारणले यो विद्यालयले आईएसओ प्रमाणपत्र प्राप्त गर्न सफल भयो । काभ्रेपलाञ्चोक जिल्लाका सामुदायिक विद्यालयहरुले तथा नेपालमा रहेका अन्य सामुदायिक विद्यालयहरुले चण्डेश्वरी श्रृष्टीकान्त विद्यालयबाट शिक्षण, प्रशिक्षण, विधि, प्रविधि सिक्न आवश्यक छ ।’ सामुदायिक विद्यालय प्रतिको आर्कषण देशब्यापी रुपमा घट्दै गएको, विद्यार्थी भर्ना दर कमजोर बन्दै गएको, शहरी क्षेत्रमा संस्थागत विद्यालयहरु समेत रहेकाले सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घटिरहेको, सरकारी विद्यालयहरु खण्डहर जस्तै बनेको सन्र्दभमा चण्डेश्वरी सृष्टिकान्त विद्यालयले विद्यार्थीहरुलाई आर्कषण गर्न, अभिभावकको मन जित्न सफल भएकोमा बधाई तथा शुभकामना छ ।’

भिडियोः