काँग्रेसका जिल्ला प्रशिक्षण विभाग सदस्य प्रविण लगायतका नेताहरु एमाले प्रवेश

धुलिखेल/नेपाली कांग्रेस पार्टी परित्याग गरि पुर्व जनप्रतिनिधि समेत रहेका जिल्ला प्रशिक्षण विभाग सदस्य धुलिखेल १२ निवासी प्रबिण सापकोटा नेकपा एमाले प्रबेश गरेका छन् ।


नेपाली कांग्रेसबाट २०७४ को निर्वाचनमा उनी धुलिखेल १२ मा वडा सदस्य निर्वाचित भएका थिए । नेपाली कांग्रेस काभ्रेको जिल्ला प्रशिक्षण विभाग सदस्य समेत रहेका सापकोटा सहित नेपाली कांग्रेस बाट २०७४ तथा २०७९ मा उम्मेदवार रिता परियार ,नेकपा समाजबादीबाट धुलिखेल नगरपालिका वडा १२ का राजेश सापकोटा, नेपाली कांग्रेस धुलिखेल नगर समिति सदस्य सुबास सापकोटा, रास्वपा धुलिखेल नगरपालिका वडा नम्बर ८ का कोषाध्यक्ष अनिष तिमल्सिना लगायत एक दर्जन भन्दा धेरै ब्यक्तिहरु नेकपा एमाले प्रवेश गरेका छन् ।

प्रवेशिहरुलाई नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल,धुलिखेल नगर कमिटी अध्यक्ष विष्णु धिताल लगायतका नेताहरुले स्वागत गरेका थिए ।