प्याब्सनले आयोजना गरेको जिल्ला स्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न

बनेपा/प्याब्सन काभ्रेले जिल्ला स्तरीय आधारभुत तहमा अध्ययनरत विद्यार्थीहरुका लागि हस्तलेखन प्रतियोगिता आयोजना गरेको छ । कक्षा २ देखि ७ सम्म अध्ययन गर्ने जिल्लाका ४२ वटा विद्यालयका २ सय ५२ जना विद्यार्थीहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा अंग्रेजी र नेपाली विषयको हस्तलेखनमा प्रतिस्पर्धा गराईएको थियो ।

प्रतियोगिताको औपचारिक कार्यक्रमको शुभारम्भ प्याब्सनका केन्द्रिय उपमहासचिव भिमसेन केसीले गरेका थिए । अध्यक्ष श्यामबहादुर भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सनका पदाधिकारीहरु, पालिकागत प्याब्सनका अध्यक्ष एवं पदाधिकारीहरु, प्याब्सनका सदस्य विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरु, विभिन्न विद्यालयमा कार्यरत शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बनेपामा रहेको प्रगति प्रभात एकेडेमी विद्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रगति प्रभात एकेडेमीका प्रिन्सिपल एवं प्याब्सनका संचालक सदस्य तथा कार्यक्रम संयोजक चन्द्रप्रसाद ताजपुरियाको स्वागत मन्तब्य रहेको थियो । हस्तलेखन प्रतियोगिताले बालबालिकाहरुको सिकाई बृद्धीका साथै उनिहरुको क्षमता अभिबृद्धीमा सहयोग पुग्ने उदेश्यले आयोजना गरिएको बताईएको छ ।

प्रतियोगितामा सहभागि विद्यालयका कक्षा २ र ३ बाट सहभागि विद्यार्थीहरु मध्ये अंग्रेजी विषयमा ग्रेसल्याण्ड विद्यालयबाट परी पाख्रिन प्रथम, विद्याासागर स्कुलबाट विदिषा झा दोश्रो, बामगती बोर्डिङ्ग स्कुलबाट सुर्वण लामा तेश्रो र सिदार्थ बनस्थलीबाट आर्या श्रेष्ठले सान्त्वना पुरस्कार पाए । त्यस्तै नेपाली तर्फ काभ्रे सेकेन्डरी स्कुलबाट सान्वी त्रिपाठी प्रथम, न्यू राईजिङ्ग स्कुलबाट आनन्दी घिमिरे दोश्रो, बागमती स्कुलबाट रोजिना तामाङ तेश्रो र नवप्रतिभा स्कुलबाट असवी पौडेलले सान्त्वना पाए ।

कक्षा ४ र ५ को अंग्रेजी विषयमा ग्रेसल्याण्ड मावीबाट कविरा श्रेष्ठ प्रथम, स्प्रिङ्ग हिलबाट मनि अग्रवाल दोश्रो, न्यू राईजिङ स्कुलबाट समिरा तामाङ तेश्रो र हाईल्याड स्कुलबाट सिम्रन तामाङले सान्त्वना पुरस्कार प्राप्त गरे । त्यस्तै नेपाली विषयमा सिद्धार्थ बनस्थली इन्स्टिच्युटबाट निमी केसी प्रथम, काभ्रे अंग्रेजी सेकेन्डरी स्कुलबाट अर्पणा खत्री दोश्रो, ज्ञानज्योति स्कुल बनेपाबाट एनग्रिन लामा तेश्रो, हिमालयन इन्टरनेशनल स्कुलबाट दिपराना मगरले सान्त्वना पुरस्कार पाए ।

कक्षा ६ र ७ बाट अंग्रेजी विषयमा काभ्रे अंग्रेजी मावी पनौतीबाट स्र्वणिमा लामा प्रथम, न्यू राईजिङ्ग स्कुलबाट भरोषा सापकोटा दोश्रो, स्पिङ्गहिल स्कुलबाट मानवी गिरी तेश्रो र ज्ञानज्योती अंग्रेजी स्कुलबाट अनिता तामाङ सान्त्वना भए ।

नेपाली विषयमा हिमालय इन्टरनेशनल स्कुलबाट सिप्रोला तामाङ प्रथम, विद्यासागर स्कुलबाट दिपशिखा कुईकेल दोश्रो, ग्रेसल्याण्ड स्कुलबाट नियोना श्रेष्ठ तेश्रो र काभ्रे अंग्रेजी माध्यमिक विद्यालय पनौतीबाट उपासना कोईरालाले सान्त्वना पुरस्कार प्राप्त गरे ।