‘चटपटे’मा चिनजान पछि ‘गर्भाधान’

बनेपा/बनेपा नगरपालिका वडा नम्वर ५ स्थित स्थायी घर भएकी १२ बर्ष ८ महिना २ दिनकी नाबालिका गर्भवती भएको सार्वजनिक भएको केहि साता नवित्दै पनौतीमा १३ बर्ष एक महिनाको नाबालिका गर्भवती भएको सार्वजनिक भएको छ । चटपटे खाँदा भएको चिनजानले एक बालिका गर्भवती बन्न पुगेकी छिन् ।


सरकार एकातिर बालविवाह, वाल अपराध न्यूनीकरण, बालश्रम उल्मुलन, बाल यौन दुब्र्यवहार अन्त्य गर्ने अभियानमा छ । अर्काे तिर स्थानीय स्तरमा विविध कारण बालबालिकाहरु यहि घटनामा सलग्न भई गर्भवती भएर बच्चा नै जन्माउनु पर्ने परिस्थिती पुगे पछि घटनाहरु सार्वजनिक हुन थालेका छन् । आफन्त अर्थात परिवार भित्रका सदस्यहरु, नजिकका नातेदारहरु तथा चिनेजानकोहरुबाट बालिकाहरु ललाई फकाई जर्बजस्ती करणीमा पर्ने र गर्भवती समेत हुन थालेका छन् ।


पनौती नगरपालिकामा लाग्ने हिले जात्रा अर्थात घुम पुर्णिमाको अवसरमा जात्रा हेर्न गएकी बालिकालाई २०८१ असार ८ गते पनौतीमा रहेको एक सामुदायिक विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने १३ वर्ष १ महिनाकी नाबालिकालाई पनौतीमा रहेको एक ग्यारेज भित्र लगी ग्यारेजमा काम गर्ने विकाश निशाद भन्ने ब्यक्तिले जर्बजस्ति करणी गरेका थिए । भारत देश विहार प्रदेश पुर्वी चम्पावर जिल्ला थान रक्सौल, पोस्ट कौडिहार ग्राम स्थायी घर भई बनेपा नगरपालिका वडा नम्वर ७ बस्ने २० बर्षिय विकाश निशाद भन्ने विकास कुमारलाई प्रहरीले पक्राउ गरेको छ । बनेपामा बसोबास गर्ने विकास पनौतीमा टिपर ग्यारेजमा काम गर्दै आएका थिए । ग्यारेजमा काम गर्ने क्रममा ग्यारेज अघिको बाटो हुँदै जाने आउने गर्ने बालिकासँग चिनजान भएको थियो । बालिकाको परिवार पनौती ७ डवली बजार आसपास सिरक डस्ना तथा अन्य मजदुरी गर्दै आएका थिए । उनको पेटमा २५ हप्ता ४ दिनको बच्चा रहेको खुलेको छ । हिले जात्राका दिन बालिकालाई विकासले ग्यारेजमा लगी करणी गरेको बालिकाले बयानमा भनेकी छिन् । चटपटे खाने बेला बालिकासँग चिनजान गरी मोवाईल नम्वर लिएका विकासले विस्तारै उनीसँग सम्वन्ध सम्र्पक बढाएका थिए । एक अर्काेलाई मन परेकाले विवाह गर्ने गरी उनिहरुले सम्वन्ध बढाएको स्विकारेका छन् । सहायक जिल्ला न्यायाधिवक्ता निकुञ्ज श्रीवास्तवले इलाका प्रहरी कार्यालय बनेपा मार्फत माघ १८ गते उक्त मुद्दा जिल्ला अदालतमा दर्ता गराएका हुन् ।


त्यस्तै २०८१ जेठ ६ गते दिउसो घरमा कोहि नभएको समयमा नाताले आफ्नै बहिनीलाई दाजुले ललाई फकाई जर्बजस्तिकरणी गरेका थिए । राम्रो कपडा किनिदिने प्रलोभनमा बालिकालाई दाजुले पटक पटक जर्बजस्तिकरणी गरेका थिए । २८ हप्ता ४ दिनको गर्भ भए पछि बालिका विद्यालय जान नसकेका कारण बाबु आमाले अस्पताल पु¥याउँदा मात्रै उनको पेटमा दाजुको गर्भ रहेको जानकारी भएको थियो । दाजु पुर्पक्षका लागि थुनामा छन् । उनी विरुद्ध इलाका प्रहरी कार्यालय बनेपाले सरकारी वकिल कार्यालय धुलिखेल मार्फत जिल्ला अदालतमा हाडनातामा जर्बजस्ति करणी अभियोगमा मुद्दा दर्ता गरेको थियो । माघ ३ गते उक्त मुद्दा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएको थियो । दाजु बहिनी दुबैले उक्त घटना स्विकारेका छन् । उनले अन्तिम पटक पुष ४ गतेसम्म जर्बजस्तिकरणी गरेका थिए । जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले उक्त मुद्दा अदालतमा दर्ता गराएकी दर्ता गराएकी हुन् । हरेक महिना २÷४ वटा घटना प्रहरीकोमा दर्ता हुन थालेका छन् । पछिल्लो समय जिल्लामा जर्बजस्ति करणीका घटनामा बृद्धी भएको छ । (यो समाचार चेष्टा साप्ताहिकमा प्रकाशित छ ।)