मनकामना सहकारीमा महिला उपसमितिद्वारा नेतृत्व विकास तथा क्षमता अभिबृद्धी कार्यक्रम

बनेपा÷मनकामना बचत तथा ऋण सहकारी संस्था लि.बनेपा–५, काभे्रको महिला उपसमितिको आयोजनामा महिला नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
महिला उपसमिति संयोजक सुधा काफ्ले दाहालको सभापतित्वमा आयोजित कार्यक्रम बनेपा नगरपालिकाका उप प्रमुख विमला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरे, सल्लाहकार बालकृष्ण दाहाल र राजकुमार हुमागाईँ, उपाध्यक्ष विदुरप्रसाद घिमिरे, सचिव नवराज आचार्य, प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल लगायतको सहभागिता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले संस्थाको पछिल्लो अवस्था तथा तालिम आयोजना र त्यसको उपलब्धीका बारेमा जानकारी गराएका थिए । महिला नेतृत्व र क्षमता विकासको आवश्यकता विषयमा प्रशिक्षक नम्रता थापाले कक्षा सञ्चालन गरेकी थिईन् ।

त्यसैगरी महिला स्वास्थ्य र सुरक्षाको आवश्यकता भन्ने विषयमा स्वास्थ्यकर्मी सुविना कारन्जित र सविता देउलाले प्रकाश पारेकी थिईन् । त्यसैगरी बनेपा नगरपालिकाले सञ्चालन गरेका क्षमता अभिबृद्धि र उद्यमसिलता विकासका कार्यक्रमका सम्बन्धमा बनेपा नगरपालिकाका महिला शाखाका प्रतिनिधि सपना वलीलेजानकारी गराएकी थिईन् ।
कार्यक्रममा ७३ जना महिला शेयर सदस्यको सहभागिता रहेको थियो । सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रम अन्जु लामिछाने र राजकुमार दाहालले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।