एमाले पनौतीको दोस्रो अधिवेशन जारी, सर्वसम्मत नेतृत्व चयनको प्रयास

नेकपा एमाले पनौती नगर कमिटीको दोस्रो अधिवेशन जारी छ । अधिवेशन उद्घाटन नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटाले गरेका छन् । अधिवेशन उद्घाटन गर्दै उनले समृद्ध काभ्रे निर्माणको प्रभावकारी योजना एमाले बाहेक कुनै पार्टीसँग नरहेको बताए ।
सुरक्षण मुद्रण केन्द्र सञ्चालन, सुनकोशी परियोजना, मदन भण्डारी विश्वविद्यालय, प्रतिरक्षा विश्वविद्यालय लगायत महत्वपुर्ण र दीर्घकालिन योजना एमालेले सुरु गरेको उनको भनाई थियो । समृद्ध जिल्ला निर्माण गर्ने क्रममा अझै धेरै काम बाँकी रहेको भन्दै पुर्वमन्त्री बास्कोटाले आफैंभित्रको विवादमा नअल्झिन आग्रह गरेका छन् । जनताको समस्या वुझ्दै समाधानका लागि अग्रसरता लिन उनले नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाँईको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन सत्रमा केन्द्रिय सदस्य रेशम लामा, नविना लामा, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, संविधान सभा सदस्य एवं सल्लाहकार परिष्द् सदस्य रामहरी सुवेदी, वागमति प्रदेश सदस्य एवं एमाले काभ्रेका निवर्तमान अध्यक्ष अशोक ब्याञ्जु, प्रदेश कमिटी सदस्य रिता ढकाल, एमाले नेता भीम न्यौपाने लगायत जिल्ला, पालिका तहका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको उपस्थिती रहेको छ । अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको छ ।
