नेकपा एमाले पनौती नगर अध्यक्षमा सुरेश हुमागाँई निर्वाचित

नेकपा एमाले पनौती नगर कमिटी अध्यक्षमा पुनः सुरेश हुमागाँई निर्वाचित भएका छन् । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मतदानबाट नेतृत्व चयन गरिएको हो । निवर्तमान अध्यक्ष समेत रहेका हुमागाई ९२ मत प्राप्त गर्दै विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार किशोर थापाले ५७ मत ल्याएका छन् ।

उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो । जङगबहादुर जंगम र मनिकलाल श्रेष्ठलाई पराजित गर्दै उपाध्यक्षमा सन्तोष केसी निर्वाचित भएका छन् । केसीले ९० मत प्राप्त गरेका छन् भने जंगमले ४२ र श्रेष्ठले १० मत प्राप्त गरे । सचिवमा शिवराम आचार्य निर्वाचित भएका छन् । आचार्यले ९९ मत ल्याउँदा उनका प्रतिस्पर्धी राजेन्द्र थापाले ४६ मत ल्याएका छन् । उपसचिव खुला तर्फ तीन जनाको उम्मेदवारी परेको थियो । प्रतिस्पर्धी सन्तोष राउत र उत्सव ढुंगानालाई पराजित गर्दै शिव नारायण घुल्लु उपसचिवमा निर्वाचित भएका छन् । घुल्लुले ९३ मत, राउतले ३५ र ढुंगानाले १६ मत प्राप्त गरेका छन् ।

उप सचिव महिलातर्फ उमा थापा र कल्पना विश्वकर्मा चुनावी मैदानमा उत्रिएका थिए । थापा ९६ मत सहित विजयी भइन् । विश्वकर्माले ५१ मत प्राप्त गरेकी छिन् ।

लेखा समिति अध्यक्षमा विनोद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । अन्य पदमा पनि सर्वसम्मत भएको छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले गरेका थिए ।