जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन सम्वन्धी संचारकर्मीहरुलाई दुई दिने अभिमुखिकरण

बनेपा/ वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन ब्यवस्थापन महाशाखाद्वारा संचालित पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन आयोजना मार्फत केन्द्रीय स्तरका संचारकर्मीहरुका लागि जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन सम्वन्धी दुई दिने अभिमुखिककरण कार्यक्रम आगन्तुक रिसोर्ट बनेपामा शुरु भएको छ ।

नेपालको क्षतिग्रस्त वन र रेन्जल्याडमा जलवायु प्रतिरोधी प्राकृतिक राजधानी र ग्रामीण जीविकोपार्जनको लागि उत्प्रेरक पारिस्थितिकीय प्रणाली पुनस्थापनाका बारेमा मन्त्रालयका उप सचिव एवं राष्ट्रिय आयोजना संयोजक डा।प्रकाश सिंह थापाले जानकारी गराएका थिए । परियोजनाको सिंहावलोकनका सन्दर्भमा राष्ट्रिय परियोजना प्रवन्धक टोपबहादुर खत्रीले जानकारी गराउनेछन । तालिममा जलवायु परिवर्तनका परिदृश्यहरु, राष्ट्रिय अनुकुलन योजना, राष्ट्रिय रुपमा निर्धारित योगदानका बारेमा परियोजना संयोजक डा।प्रकाश सिंह थापा, जलवायु परिवर्तनको परिचय, आधारभुत विज्ञान र नीतिगत एजेण्डा पारिस्थितिकिय प्रणालीमा आधारित अनुकुलन, यसका प्रमुख तत्वहरु र मापदण्डहरु, जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणाली आधारित अनुकुलनको दृश्यावलोकनका बारेमा विशेषज्ञ केशव खनालले प्रशिक्षण दिनेछन् ।

पारिस्थितिकीय प्रणाली आधारित अनुकुलन र प्रकृतिमा आधारित समाधानहरु विश्वब्यापी र राष्ट्रिय दृष्टिकोणका बारेमा माधवबहादुर कार्कीले प्रशिक्षण दिनेछन् । अन्तर्राष्ट्रिय जलवायु नीति सन्दर्भ, दुवईदेखि वाकु कोपसम्म, यसको वार्ता, प्रकृया र प्रकृयाहरुका बारेमा दिगो भविश्यका लागि लगानी र वित्तपोषण जलवायु कार्यको लागि अवसरका सन्दर्भमा एलडिसीका दक्षिण एशिया निर्देशक, जलवायु विश्लेषण मञ्जित ढकालले प्रशिक्षण दिनेछन् । त्यस्तै नेपालको जोखिम सन्दर्भ र आसन्न क्षति र भविश्यका लागि बाटोहरुका सन्दर्भमा परियोजना निर्देशक सह सचिव डा।महेश्वर ढकालले प्रशिक्षण दिनेछन् ।