ग्वार्को–लाँकुरिभञ्ज्याङ–पनौती सडक निर्माण गर्न आवश्यक बजेट व्यवस्थापन गरिनेछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को–लुभु–लामाटार–लाँकुरिभञ्ज्याङ्ग–मानेदोभान हुँदै काभ्रे पनौती जोड्ने सडक निर्माण गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने बताएका छन् ।
प्रतिनिधि सभामा सांसदले सोधेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष देखि यस सडकको निर्माणका लागि बजेट व्यवस्थापन गरिने बताएका हुन् । उक्त सडकलाई राष्ट्रिय राजमार्गमा समावेश गरिएको उनले बताए। सांसद प्रेम बहादुर महर्जनले अरनिको राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको ग्वार्को–लुभु–लामाटार–लाँकुरिभञ्ज्याङ्ग–मानेदोभान हुँदै काभ्रे पनौती जोड्ने सडकलाई व्यवस्थित गर्न माग गरेका थिए ।
लाँकुरीभञ्ज्याङ सम्मको बाटो निर्माण सम्पन्न भइसकेको भन्दै उनले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । सांसद महर्जनले बाँकी लाँकुरीभञ्ज्याङ–मानेदेभान सडक छिटो निर्माण सम्पन्न गर्दै नागरिकलाई सहज आवतजावतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।