फागुन ९ देखि बनेपामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रथम खेलकुद महोत्सव हुँदै

बनेपा/जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकको आयोजनामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड महोसव२०८१ फागुन ९ गते देखि गर्ने भएको छ । महोत्सव ११ गते समापन हुनेछ ।

राष्ट्रपति महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर लामाले बताए । खेलकुद विकास समितिको प्राङ्गणमा आयोजना हुने महोत्सवमा १३ वटै पालिकामा उत्कृष्ट भएका विद्यालयका विद्यार्थीहरु सहभागि हुनेछन् ।

राष्ट्रपति रनिङ्ग शिल्डको विद्यामा समावेश भएका खेलहरुका अतिरिक्त कराँतेका विभिन्न विद्याका खेलकुदहरु समावेश हुनेछन् ।
महोत्सवमा जिल्लास्थित खेलकुद संघबाट समेत खेलाडीहरुको सहभागिता रहनेछ । खेलकुद महोत्सवमा सहभागि भई खेलको माध्यमबाट जिल्लालाई पहिचान गराउन, खेलाडीहरुको मनोबल उच्च बनाउन र ब्यवसायीक रुपमा खेललाई अघि बढाउन प्रोत्साहनका लागि खेलसँग सम्वन्धित सरोकारवाला संघ संस्था तथा खेलाडीहरुलाई महोत्सवमा सहभागि हुन आब्हान गरेको छ ।