आज धुलिखेल नगरपालिकाको ३९ औं स्थापना दिवस

धुलिखेल/धुलिखेल नगरपालिकाको ३९ औं स्थापना दिवस विविध कार्यक्रम सहित मनाइदैछ । नगरपालिकाको सभा हलमा आयोजित विशेष समारोहमा प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री गोकुल बाँस्कोटाकाे प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्व मन्त्री बास्कोटाले धुलिखेल नगरपालिकाले विकास निर्माण र प्राविधिको क्षेत्रमा लोभ लाग्दो प्रगति गरिरहेको बताए ।
कार्यक्रममा नगर प्रमुख अशाेक ब्यान्जुले नगरपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी र सुचना प्रबिधिको क्षेत्रमा ठुलाे फड्को मारेको बताए । स्थापना दिवस समारोह अहिले जारि छ । औपचारिक कार्यक्रम अघि नगरपालिकाको साँस्कृतिक पहिचान झल्काउने विभिन्न नाच सहितको र्याली आयोजना गरिएको थियो ।