धुलिखेल नगरपालिका र दक्षिण कोरियाको मुङ्गयोङ्ग नगरपालिकाबीच भगिनी सम्बन्ध

धुलिखेल नगरपालिका र दक्षिण कोरियाको मुङ्गयोङग नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । धलिखेल नगरपालिकाको ३९ औं स्थापना दिवसको अवसरमा दुई नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको सझदारीपत्रमा हस्ताक्षर भएको हो ।

धुलिखेल नगरपालिकामा आयोजित कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु र मुङ्गयोङ्ग नगरपालिकाका मेयर ह्युन कोक सिंनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा संस्कृति, पर्यटन, शिक्षा र स्वास्थ्य लगायतका विविध क्षेत्रमा सहकार्य गर्ने उल्लेख छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले सुचना प्रविधि र पर्यटनको क्षेत्रमा भगिनी सम्बन्धले महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । यस्तै मुङ्गयोङग नगरपालिकाका मेयर ह्युन कोकले धुलिखेल नगरपालिकाले सुरु गरेका असल अभ्यास र मुङ्गयोङग शहरले सुरु गरेको नविनतम कार्य आदानप्रदान गर्ने बताएका छन् । दुईपक्षीय सम्झौताले दुवै नगरपालिकाले लाभ लिन सक्ने उनले विश्वास लिएका छन् ।
यसअघि धुलिखेल नगरपालिकाले धरान उपमहानगरपालिका लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न स्थानीय तहसँग भगिनी सम्बन्ध गाँसेको छ ।