धुलिखेलको ३९ औं स्थापना दिवसः अन्तर्राष्ट्रिय भगिनी सम्बन्ध स्थापना, चलचित्र छायाङ्कन स्टुडियो निर्माणको सम्झौता

धुलिखेल/धुलिखेल नगरपालिकाको ३९ औ स्थापना दिवस प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा आयोजित कार्यक्रममा कोरिया स्थित मुङ्गयोङ्गनगरपालिकाका प्रतिनिधिमण्डल सहभागि भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले धुलिखेल नगरपालिकाले स्वस्थ शहर लगायतका वातावरण मैत्री कार्यक्रमहरुमा अन्र्तराष्ट्रिय अर्वाड प्राप्त गरेकोमा धुलिखेलबासीलाई बधाई तथा शुभकामना ब्यक्त गरे । धुलिखेलले गरेका नीतिगत तथा प्रशासनिक सुधार र दीर्घकालिन महत्वका कार्यक्रमहरु दिगो विकास लक्षित भएकाले नागरिकहरुले प्राप्त गर्नु पर्ने न्यूनतम र आधारभुत आवश्यकता पुरा गर्ने गरी सुखी धुलिखेलबासी र समृद्ध धुलिखेलको अभियान सार्थक बनाउन जनप्रतिनिधिहरुले भूमिका खेलेकाले जनताको घरदैलोको सरकारका रुपमा स्थापित भएकोमा बधाई दिए । स्थानीय सरकार नागरिकहरुका हरेक समस्यासँग सम्वन्ध जोडिएको भएकाले नागरिकहरुका असिमित आकांक्षा र चाहनालाई सिमित श्रोत र साधान मार्फत पुरा गर्ने अभियानमा संघीय तथा प्रदेश सरकारका तर्फबाट पहलकदमी गर्ने बताए ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले गरिरहेका योजना, विपत्तिमा सरकारले गरेको पक्षपातपूर्ण ब्यहार र नागरिकहरु प्रतिको दायित्व, खानेपानी तथा अन्य विषयका साथै स्वस्थ शहरका बारेमा जानकारी गराएका थिए । नागरिकहरुलाई स्वस्थ शहर निर्माणमा सहयोग गर्ने सम्पूर्णमा शुभकामनाका साथै आभार ब्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, काठमाडौ विश्वविद्यालयका निमित्त उपकुलपति डा.अच्युत वाग्ले, धुलिखेल रत्नबाट सम्मानित धुलिखेल अस्पतालमा कार्यरत डा.दिपक श्रेष्ठ, धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम वेघा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतले धुलिखेल नगरपालिकाले गरिरहेका कार्यहरुका बारेमा नागरिकहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा धुलिखेल नगरपालिकाबाट प्रकाशन गरिएका पुस्तकहरु नगरपालिकाको मुख्य उपलब्धीहरुको संगालो र स्वस्थ शहर धुलिखेल लोकार्पण गरिएको थियो । दक्षिण कोरियाको शहर मुङ्गयोङ्ग नगरपालिका सँग भगिनी सम्वन्धको प्रारम्भिक सम्झौता भएको छ ।

त्यस्तै स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डसँग चलचित्र छायांकन स्टुडियो निर्माणका लागि जग्गा उपलब्ध गराउने सम्झौता भएको छ । चलचित्र विकास बोर्डका अध्उइा दिनेशराज दाहाल र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा कलाकारहरु के एल बुढाथोकी, रविन्द्र खड्का, उपप्रमुख निराजन जंगम र वडा अध्यक्ष विनोद गौतमले हस्ताक्षर गरेका छन् । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाले प्रदान गर्दै आएको ११ वटा सम्मान प्रदान गरिएको थियो ।

धुलिखेल रत्न, धुलिखेल नक्षत्र, धुलिखेल प्रज्ञाश्री, धुलिखेल सेवाश्री, धुलिखेल तारा, जनसेवाश्री, कर्मचारी दीर्घ सेवा सम्मान गरिएको छ । त्यस्तै विभिन्न क्षेत्रबाट नगरपालिकालाई योगदान पु¥याउनेहरुलाई प्रशंशा पत्र प्रदान गरिएको थियो ।