सामुदायिक साकोसको विद्यार्थी लक्षित सहकारी शिक्षा कार्यक्रम आजाद माविमा

सामुदायिक बचत तथा ऋण सहकारी संस्था धुलिखेल सेवा केन्द्रको आयोजनामा बनेपा ५ स्थित आजाद माध्यमिक विद्यालयमा विद्यार्थी लक्षित सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शिक्षा उप समिति संयोजक तथा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका संचालक सदस्य श्याम सापकोटाको सभापतित्व तथा आजाद मावि कक्षा ११ र १२ का संयोजक सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रम संचालन धुलिखेल सेवाकेन्द्र प्रमुख सुदर्शन घिमिरेले गरेका थिए भने कार्यक्रमको प्रस्तुति बरिष्ठ अधिकृत जीवन सत्यालले गरेका थिए । कार्यक्रममा सहकारीको सुरुवात तथा बिकासक्रम, सदस्य र समुदायको स्तरउन्नतीमा सहकारीको योगदान विषयमा चर्चा गरिएको थियो ।

बचतको महत्व ऋण सदुपयोगिता ,सहकारी र बैङ बिच भिन्नता तथा अहिलेको परिवेषमा संचालित सहकारी संस्थाहरु लगायत प्रबिधि संगै संस्थाको परिचय, सम्रग अवस्था, संस्थाको वस्तु तथा सेवा, संस्थाले प्रदान गरिरहेको सदस्य राहत व्यवस्था लगायतका विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

शिक्षक, साकोस कर्मचारी राजन श्रेष्ठ र कक्षा ११ र १२ का मा अध्ययनरत ९० जना बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा आजाद माविका कक्षा ११ र १२ का संयोजक श्सुन्दर श्रेष्ठ ले कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको उल्लेख गर्दै समुदाय स्तरमा समेत यस्ता कार्यक्रम अत्याआवश्यक रहेको बताए ।

आगामी दिनमा पनि संस्थाबाट बिद्यालयले यस्ता कार्यक्रमको अपेक्षा गरेको उनले बताए । कार्यक्रमका सभापति श्याम सापकोटाले आजको वचत भोलिको भविष्य को मुल मर्मलाई आजैदेखि आत्मसात गर्दै वचत सुरुगर्न विद्यार्थी हरुलाई आग्रह गर्दै कार्यक्रमको समापन गरेका थिए ।