प्रजातन्त्रमा उदाएको नयाँ तथा डरलाग्दो पपुलिजम्

आजकाल प्रजातन्त्रको सबैभन्दा वढी उपयोग गर्नेमा पपुलिष्टहरु पर्न थालेका छन् । उनिहरुलाई काम गर्नु पदैन । जनतालाई दिग्भ्रमित पार्ने र अनावश्यक प्रचारबाजीमा लाग्नु उनिहरुको नयाँ प्रजातान्त्रिक दिनचर्या बनिरहेको छ । संरचनाको निर्माण गर्नुभन्दा अरुहरुले वर्षौं लगाएर निर्माण गरेको संरचनाहरुमा प्लाष्टर, रंङरोगन, लाइटिङ र गमला राख्ने संस्कृति वढाएर सबै आपूmहरुले गरेको भन्ने प्रचारबाजी थालिएको छ । धरहरा, रानिपोखरी, बिजुली बजारको पुल जस्ता संरचनाहरु एले बनेका हैनन् । त्यो कस्ले बनायो, जनतालाई राम्ररी थाहा भएकै विषय हो ।
जस्ले जसरी प्रचारबाजी र उपयोग गर्ने गरेपनि नेपालमा प्रजातन्त्र २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासनको अन्त्य भएपछि आएको हो । त्यसैको सम्झनामा हरेक फागुन ७ गते मनाईंदै आइएको छ । त्यही कारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ भन्ने र मान्ने गर्छौं । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।
शुरु शुरुमा यो दिनको बेग्लै महत्व थियो । २०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा पर्न थालेको देखिन्छ । सायद ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले ठाउँ थियो । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको हो । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा शाहीकै धङधङीको नियमितता देखिन्छ । तर, यो दिन नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्व छ । २००७ मा तत्कालिन नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो । यदि राजाले साथ नदिएको भए प्रजातन्त्र स्थापना अझै समय कुर्नुपथ्र्यो होला ।
हुन त संसारको प्रजातान्त्रिक आन्दोलनको परिप्रेक्ष्यमा नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास त्यति लामो छैन । वास्तवमा नेपालको प्रजातान्त्रिक आन्दोलनको शुरुवात एउटा परिवारको मनपरितन्त्र र जनतापक्षले चाहेको निर्णायक भूमिका बिचको संघर्षबाट भएको पाइन्छ । कालन्तरमा मूल्य, मान्यता, आदर्श एवम् सैद्धान्तिक दृष्टिकोण समेत समाहित भई यसले विशिष्टता प्राप्त गर्यो । तसर्थ नेपालको प्रजातान्त्रिक आन्दोलनको विजारोपण राणा शासनको उत्तराद्र्धमा राणा विरोधी आन्दोलनको रुपमा शुरुवात भई यसले विभिन्न कालखण्डमा विभिन्न स्वरुप परिवर्तन गर्दै अन्ततः लोकतान्त्रिक गणतन्त्र प्राप्तिको उद्देश्यमा गई हाल स्थिर रहेको अवस्था छ ।
त्यतिबेलै पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा सामान्य जनताको सहयोगको महत्वलाई राम्ररी बुझेका थिए । तसर्थ पृथ्वीनारायण शाहको अभियान सामान्य जनताको सहयोग, सहभागिता र समर्थनमा आधारित थियो । जसले स्थायित्वको प्रत्याभूति गरायो । तर उनी पछिका शासकहरुले जनचाहना, लोकसम्मति र जनताको उपेक्षा गर्दा नेपालको राजनीति प्रतिशोध, बदलाको भावना, षडयन्त्र, भ्रष्टाचार र अव्यवस्थाको केन्द्र बन्न पुग्यो । लोकसम्मति र जनचाहना अनुसार संचालन हुने शासनव्यवस्था एकतन्त्रिय, गुटगत, स्वार्थबाट प्रेरित हुन थाल्यो फलस्वरुप जनताले आफ्नो हक स्थापनार्थ कालक्रम अनुसार हतियार बन्द तथा हतियार विहिन आन्दोलनको थालनी गर्नुपर्यो । चन्द्र शमशेरको शासनकालबाट शुरु भएको प्रजातान्त्रिक आन्दोलन वि.सं. २०६२÷६३ को लोकतान्त्रिक– गणतन्त्र स्थापनाको अवस्थामा आई स्थिर बनेको छ । जसलाई लोकतान्क्रिक तथा राजनैतिक विश्लेषकहरु प्रजातान्त्रिक आन्दोलनको समापन विन्दुको रुपमा परिभाषित गर्ने गर्दछन् । वास्तवमा आन्दोलन स्थायी प्रकृतिको नभई गतिशिल स्वरुपको हुने र समाजका कतिपय अनुत्तरित सवालको हल प्राप्त नभइ सकेकोले आन्दोलनको सम्भाव्यता अन्त्यको विश्लेषण भने गर्न सकिँदैन ।
यसरी हेर्दा फागुन ७ अर्थात आजकै दिन, जनताको शीर ठाडो भएको दिनलाई ‘प्रजातन्त्र दिवस’ भनेर गर्व गर्ने गरिन्छ । कुनै बेला त्यस्तोपनि अवस्था थियो, फागुन ७ कहिले आउला र देशको प्रजातन्त्र हेर्न पाइएला भनेर रमाउने गरिन्थ्यो । दिवस मनाउन देशका विभिन्न स्थान तथा कुनाकन्दराबाट हिंडेर अनि लरी, ट्रक र उपलब्ध स्रोत साधनको प्रयोग गरेर उत्साहका साथ नागरिकहरु टँुडिखेलमा सगौरव उपस्थित हुने गर्दथो । प्रजातन्त्र दिवसको दिन निकै आनन्द महसुस गर्ने गरिथ्यो । अहिलेको प्रजातन्त्रमा त्यो खालको रौनक छैन र देखिैदैन । लाग्छ की–प्रजातन्त्रले नेपालीहरूको मन मुटु छुन नै छाड्यो ! यदि, मन मुटु छोएको थियो भने महिनौंविच्छे हजारौं नेपालीले घर गोठर पाखापखेरी रित्तो पार्ने थिएनन् । गएकाहरु नफर्कने कहालीलाग्दो अवस्थाको सामना गर्नु पर्ने समय आउने नै थिएन ।
एकपछि अर्को गर्दै प्रजातन्त्रप्रति उत्साह र महत्व घटेर होला, दिवस मनाउनपनि सरकारले उर्दी जारी गर्नुपर्ने स्थितिको सृजना हुन थाल्यो । राष्ट्रसेवक कर्मचारी सबै, संस्थानलगायत सार्वजनिक कर्मचारीलाई टुँडिखेलमा अनिवार्य उपस्थिति गराउने, हाजीरसमेत गराउने, भरपर्दो आधारबिना गैरहाजिर हुनेको स्पष्टीकरण र जागीर चट् जस्ता थुप्रै कुराहरु । यसको अर्थ प्रजातन्त्रप्रति निराशा बढ्यो र मानिस खोज्दै भीड देखाएर औपचारिकता पूरा गर्नुपर्ने अवस्था सिर्जना हुन थाल्योे । अहिले पनि प्रजातन्त्रले नागरिकका सेवा प्रवाह गर्न नसक्दा आमजनमानसमा निराशा छाएको छ ।
हुन त प्रजातन्त्रको पनि बढुवा भएको छ । लोकतन्त्र, गणतन्त्रको साथै यसकै नाममा दर्जनौं सार्वजनिक बिदाहरु पनि । खासमा प्रजातन्त्र दिवस भनेर हरेक वर्ष २००७ साललाई राणा शासन फालेको दिनलाई सम्झँदै आउने गर्दछ । पछिल्लो समय, सायद गणतन्त्रको उपलक्त्री नै मान्नु पर्ला दिवसपनि धेरै छन् । लोकतन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रदेश स्थापना दिवस । मानौं पर्व र दिवस नपरेको कुनै दिन नै छैन । विदा कटौतीको नाममा यस दिनको विदालाई कटौती गर्नु राम्रो मान्न सकिन्न । केहि वर्ष यस दिनको विदा कटाएपनि हाल विदा दिएर प्रजातन्त्र दिवस मनाउन थालिएकबो छ ।
पछिल्लो समय सरकारको पछि लाग्ने, लोकतन्त्रको भागशान्तीमा सहभागिता जनाउने, सरकारलाई समर्थन गर्ने, सशक्त प्रतिपक्षीको सुविधा माग गर्ने, उपल्लो तहको भागशान्तिका लागि च्याँखे थाप्ने प्रजातन्त्र नेपालमा छ । प्रजातन्त्र दिवससँगै लोकतन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रदेश स्थापना दिवस मानौं पर्व र दिवस नपरेको कुनै दिन नै छैन ।
१ फागुनदेखिको सशस्त्र क्रान्तिका एउटा योद्धा विद्वत् वर्गमा गन्ने गरिएका बाबुरामले उहिल्यै आफ्नो गति छोडि सके । दलगत हिसाबले मधेसदेखि पहाडसम्म भ्यएरपनि थाकिसके । माओवादीमात्र छोडेनन्, गोरखानै छोडिदिएर । तोडिइसकेका पुराना प्रचण्डलाई गोरखाको साँचो दिएर आफू फुक्का भ्याए । पुरानाले गुन लाउने नयाँले चितवनबाट धोती फुस्काउने, एक महिना गला जोड्दै फुटेको हाँडी बनाउने चतुर खेलाडीले सबै मन्त्रालय आफैंसँग राखी सुशासनको स्वस्थानी पढाउँदै बालुवाटार बसिरहेका छन् । लाजमर्दो थर्ड पोजिसन आउँदा फस्ट ब्वाइ हुने कला पनि छ, हाम्रो प्रजातन्त्रका खेलाडीहरूमा ।
विभिन्न पर्व र उत्सावको साथै विदसहरुको विदा दिने संसृति नै बनेको राजनीतिको भरपर्दो विकृति भनेको धेरैभन्दा धेरै बिदा र देशको व्यापारघाटा हो । ऋणको डुबान हो, विप्रेषणको बाढी हो र युवा जनशक्तिको बिक्री वितरण समेत । पछिल्लो समय हाम्रो लोकतन्त्रले दिएको उपहार यस्तैयस्तै अनि वर्षामा गाउँघर फोर्ने असारे डोजर । पुगनपुग ३ करोड जनसंख्यामा आधा बाहिर भएको सानो देशमा ७ प्रदेश, त्यहाँ आशिन काम न काजका असंख्या राजा महाराजाहरू, करको भारीले थिचिएका जनता, अनि अर्बौं खर्चिएर निर्वाचन गराउने राज्यको निष्क्रिय मेसिनरी एकपछि अर्को कमजोर बन्दै गएको छ ।
प्रजातन्त्र छिप्पिंदै जाँदा त्यसको छुट्टै नमुना, परमादेशले सरकार बन्ने चिजपनि भोगियो । मूल्यवान टाउको र त्यसको बहुमूल्यताको सनदर्भ आज कौडी बनिरहेको छ । क्रेता र बिक्रेता छुट्टयाउनै सकिंदैन । त्यतिबेलाको माओको शिक्षा, जनताको एक टुक्रा धागोपनि नलिने कुरा, सियोको एउटा टुप्पोबराबरको अंशमा पनि आँखा नगाड्नने सन्दर्भ आज एकपछि अर्के गर्दै धुजा धुजा भएको छ ।
लामो समय जनताले माथिका जस्ता यावत कुराहरु पत्याउँदै आए । शसस्त्र युद्ध र बन्ुदकको कुञ्जाबाटमात्र शत्ता प्राप्त हुने विश्वास बोकेको मोओवादीलाई पनि मतबाट परीक्षण गरे । कसैले हल्लाउन नसक्नेगरी जनमत प्रदान गरे तर घमण्डले मातिएर एउटै कार्यकाल नसक्दै आफैं चकनाचुर बन्न पुगे । जुटेर झण्डै दुई तीहार पुग्नु र जुट्नु अघिकोभन्दा कमजोर बन्नु यिनिहरुको नियत बनिरहेको छ । त्यतिमात्र हैन, काँचो हाँडी फुटेझैं फुट्ने र चकनाचुर बन्ने नेपालमा कम्यूनिष्ट राजनीतिको विडम्बना बनिरहेको छ ।
सैद्धान्तिक र दार्शनिक ढंगले हेर्नुपर्दा अहिलेसम्म प्रजातन्त्रका पिता भनेर अब्राहम लिंकनलाई नै मान्ने गरिन्छ । जसको सामान्य परिभाषा जनताले, जनताद्वारा, जनताका लागि, जनतामाथी सञ्चालित व्यवस्था नै प्रजातन्त्र हो । त्यस भनाइले नै संसारका घरानिया देशहरू सञ्चालित छन् । अमेरिकालाई अमेरिका र बेलायतलाई साँच्चै बेलायत बनाउने प्रजातन्त्र नै हो । तर, अरु धेरै देशहरुलाई यसले त्यसको ठी उल्टो भिक्षार्थी पनि बनाएको छ । जान्नेलाई श्रृखण्डन नजान्नेलाई हँसियाको वीड बनिरहेको छ ।
देशको लागि रतादिन खट्नपर्ने समयमा विदामाथी विदा थोृपर्ने प्रचलनले मानिसहरु वाक्क बन्न थालेका छन् । त्यतिबेला यति धेरै बिदाको आवश्यक नै छैन भन्दा कसैले सुनेन । तर, अहिले अरूले ल्याएको दिवस मन पर्न छोडेको छ र त घरमूलीहरू भन्दै छन् ‘बिदा कटौती गनुपर्छ’ । त्यसो भन्दैमा ७ फागनुलाई लक्षित गर्नभने पक्कै मिल्दैन । त्यासो हुँदा नेपाल र नेपालीको मुटुमा अर्को प्रहार हुनेछ, देश र जनताको बलिदानीबाट प्राप्त इतिहास मेटाउँदैै जाने देशको चलनले राष्ट्रियतामै प्रश्न खडा भइसकेको छ ।
पछि खडा गरिएका एकै प्रकृतिका धेरैखाले बिदाहरूलाई भने समायोजन गर्न सकिन्छ । हाम्रो प्रजातन्त्रले कल्पना गरेको समृद्धिको तुलनामा गरिबी र संकट ल्याएको छ । कुरूपतन्त्र देखिएको छ । लोकतन्त्रको पारदर्शिताको सट्टा लोभतन्त्रको दागी ऐनाको विगबिगी वढ्न थालेको छ । उहिले व्यासले १८ पुराण मात्रै बनाए, अहिलेको प्रजातन्त्रले यस्ता धेरै पुराणहरु सृजना गरेको छ । चोलेन्द्र पुराण, रवि पुराण, बालकोटको लामो पृष्ठको पुराण, त्यसको पैंचो खुमल्टार पुराण, शीतल निवास पुराण, बूढीगण्डकी पुराण, लाउडा पुराण, यती पुराण, ओम्नी पुराण, वाइडबडी पुराण, कालापानी र लिपुलेक पुराण, ललिता निवास पुराण, भुटानी शरणार्थी र अमेरिकाको सपाना मात्र नभएर ठेक्कापट्टा पुराण, सालासाली, गर्लफ्रेन्ड, भाइ भतिजा, सम्धी, सम्धिनी, छोरी, बुहारी, सासु नाता भए भरकालाई रोजगारी दिने पुराण, उप–पुराण, गनेरै नसकिने पुराणहरूको उदय गराउने हाम्रै लोकतन्त्र वा भनौं प्रजातन्त्र बन्न पुगेको छ ।
यी सबैको समष्टि पुराणको रुपमा गाली पुराण बन्न पुगेको छ । पहिले सत्तोसराप गर्ने, पछि तुरून्तै सत्ता पुग्न हात मिलाउने, गला मिलाउने, बाहिर छिःछि र दुरदुर गर्ने, भित्रभित्रै टाँसिने नैतिकताविहीन पुराण हामी र हामीले दुःख गरेर ल्याएको लोकतन्त्रको उपलब्धी बन्न पुगेको छ । पहिले बनेका पुराणको सार थियो राजाले पैसा संग्रह गरे देश गरिब हुन्छ, मन्त्रीहरूले पैसा संग्रह गर्न थाले भ्रष्टाचार बढ्छ, तपस्वी, साधुहरूले पैसा संग्रह गर्न लागे देशमा मुर्खहरूको राजपाठ बढ्न थाल्छ । हिजोआज नैतिकता मात्र हैन, वेद र धर्मशास्त्र नै बिक्रीमा चढ्न थाले । धर्म एक सहारा थियो, धर्मनिरपेक्ष गरेपछि धर्मको नाममा शपथ खानु पनि परेन, बिभिन्न् खालका विधर्मीहरूले बजाएको बाजाको तालमा सबैले नृत्य प्रदर्शन गर्न थाले । देश विभिन्न बेथाले थलिन पुगेको छ ।
हिजो आज त यसो नियाल्दा सबै मौलिक संस्कृति मास्ने कडीको रुपमा हाम्रो उन्नत लोृकतनत्र चित्रित हुन पुगेको छ । भाषामात्र नभई कला संस्कृति र वेशभूषा, रहनशहन र खानपानमा मौलिकता छैन । सबै विदेशी नक्कन हुन थालेको छ । राष्ट्रियताको मूल जरो भूगोल, भाषा, धर्म, संस्कृति जस्ता कुराहरुलाई छिन्नभिन्न गराइएको छ । १० महिना लगाएर आमाले गर्भबाट छोरो निकाल्छिन् । छोराले बूढी आमालाई कोठाबाट एकैछिनमा निकाल्छ । वृद्धा बाबा आमाको लागि घरमा स्थान दिन सकिन्न । हामी ब्यस्त बन्नु परेको कारण उहाँहरुलाई स्याहार्न वृद्धाश्रम बनाउनतिर वढि ध्यान दिने गरिन्छ ।
छोरो सुटेड बुटेड भएर बाहिर निस्कँन लाग्दा आमालाई माया लाग्छ र भन्छिन्–बाबु जाडो छ कहाँ जाने ? छोरोले झर्कंदै जवाफ दिन्छ– आज भ्यालेन्टाइन डे थाहा छैन, गुलाफको पूmल किन्न जान लाग्या । बस हाम्रो संस्कृतिको नमूना हो यो । चुच्चे नक्सा, पानी जहाज, मोनो र मेट्रो रेल, ग्याँसको पाइप लाइन, शुरुङ युगको कुरा र सुशासन, नागरिक बडापत्र धेरै छन् । ती सपना विपना बन्न सकिंरहेको छैन । अनियन्त्रित बजार, क्रयमूल्यको दोब्बरले बिक्री हुने इन्धन र विभिन्न क्षेत्रको कहाली लाग्दो भ्रष्टाचार, सुकुम्बासी र हुकुम्बासीको हैकम, संघीयताको नाममा मूल तीन स्थानबाट हुने रिमोर्ट कन्ट्रोल, कुनैकुनै मुद्दा दशकौंसम्म छिन्न नमिल्ने, कुनै मुद्दाले कसलाई न्याय के दियो भनी तीन शक्तिमध्येका एक शक्ति आफैंले सोध्नुपर्ने, त्यो पनि एक महिनामै छिनिने हाम्रो प्रजातन्त्र अचम्मको छ । त्यतिमा मात्र सिमित छैन हाम्रो समुन्नत लोकतन्त्र । मन्त्रीको कारण जनताको छोरो मर्छ, उसैले बनाएको छानबिन समिति र प्रतिवेदनले दोषी ठहराएको मन्त्री नैतिकता देखाउन त सकदैनन् सक्दैनन, त्यसको अलावा ३२ सिट नेतृत्वको सरकार मन्त्रीको बर्खास्तीको आँट गर्न सकदैन । प्रचण्डलाई प्रधानमन्त्री बनाएर नेतृत्व गरिरहेको कांग्रेस र एमालेको थोरबहूत भएपनि वुद्धि फिरेको छ ।
यस विचमा सरकारलाई समर्थन पनि गर्ने, प्रतिपक्षीको सुविधा पनि माग गर्ने, उपल्लो तहको भाग पाइएला भनी च्याँखे थाप्न पनि नछोड्न विश्वमा कहीँ नभएको प्रजातन्त्रको अभ्यास नेपालमा चलिरहेको छ । सके राजा र राजतन्त्रै फर्काउने, नसके सरकारमा जाने र पाएको भागशान्ती केहि गरी नछोडनेहरुको भिड नै छ । निर्वाचन अघि नै मिल्ने, मिलेर निर्वाचन लड्ने र मिलेरै सरकार बनाउने यो अचम्मको प्रजातन्त्र हामीले देखे भोगिरहेकै छौं । पछिल्लो समय त्यस खालको मिलाईले देशमा थप खालको अस्थिरता वढिरहेको छ । यसैले त अरू धेरै देश समृद्धिको शिखरमा पुगिरहँदा, हामी भने त्यसको ठीक उल्टो अवस्थामा गुज्रन विवश छौं ।
प्रजातानित्रक ओन्दोलनको लामो इतिहासमा नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रूपमा मनाउन लागेको हो । २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात् ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए ।
२०७३ साल बाट निर्वाचन दिवस मनाउन थालिएको हो । त्यसैको निरन्तरता स्वरुप वर्ष २०८० निर्वाचन दिवसको सातौँ संस्करण हो । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स्मरण गर्दै यस वर्षको निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन लागिएको हो । विभिन्न समयमा भएका नेपाली निर्वाचनहरूको प्रभाव र प्रजातन्त्रको सुनिश्चितताको अभ्यासका साथ प्रजातन्त्र र निर्वाचन दिवसहरु मनाइदै आइएका छन् ।
पटक पटक गरी स्थापना भएको विभिन्न नामको प्रजातन्त्र र निर्वाचनको सन्दर्भ नेपालमा पूरानो भैसकेको छ । नागरिकहरुले विभिन्न समयमा विभिन्न ढंगले आफ्नो मत जाहेर गरिसकेका छन् । चुन्ने चुनिने र चुनाउने कुरामा पछिल्लो समय नेपालीहरुको पारंगतता वढ्दै गएको छ । यस विचमा स्वतन्त्र, स्वतन्त्रता र ढाँटछलको स्वतन्त्र पार्टीहरु समेत बनिसकेका छन् । एक वर्ष नबित्दै ढाँटमा बनेका स्वतन्त्र नामधारी दलहरु र तीनका नेता विभिन्न खालको मुघाहरुले हैरान बनेका छन् । जनतामा विश्वास गुमिरहेको छ ।
त्यसैले नेपालको प्रजातान्त्रिक आदोलन र त्यसको उपलब्धीलाई विर्षिएर नभई त्यसको इतिहासाको पानालाई थप सुनौले बनाएर अगाडी वढ्न सक्नु पर्दछ । मुख्य राजनीतिक दलहरुको अकर्मण्यताको कारण सलबलाउन लागेको अस्थिर प्रकृतिका पपुलिष्ट र पुनरउत्थानवादीहरुलाई पराशस्त गर्न सक्नु पर्दछ । विकास र निर्माणभन्दा पनि अरुले नै बनाइदिएको संरचनामा रंगरोगन घस्ने र जस लिन खोज्ने संस्कृति पपुजिम्को नयाँ रुप हो । अनावश्यक प्रचारबाजी र जर्बजस्तीकारणको साटो जनताको मन जित्ने अवस्थाको र्सिजना गर्न सक्नु पर्दछ । त्यसो गर्न सक्दामात्र नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासलाई थप मलजल गर्न सकिन्छ र जनताको त्यग, तपश्या र मेहनतबाट प्राप्त उपलब्धीलाई थप उचाइमा पु¥याउन रसंस्थागत गर्न सकिन्छ । जय प्रजातन्त्र, जय आवधिक निर्वाचन प्रणाली, जय प्रजातन्त्र दिवस !