चौरीदेउराली गाँउपालिकालाई एमालेले बुझायो ध्यानाकर्षण पत्र

चौरीदेउराली/ नेकपा एमाले चौरीदेउराली गाँउ कमिटीले चौरीदेउराली गाँउपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
पालिका कमिटी अध्यक्ष बलराम ढुंगानाको नेतृत्वमा नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य तथा चौरीदेउराली गाँउपालिका ईन्चार्ज ठाकुर प्रसाद बास्कोटा, नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं पुर्व वडा अध्यक्ष रेशम चौलागाई, जिल्ला कमिटी सदस्य कुमारी लामा, पुर्व जिल्ला कमिटी सदस्य लिलानाथ गौतम, पालिका कमिटी सदस्य शिब ढुंगेल ४ नम्बर वडा कमिटी अध्यक्ष सन्तोष गौतम लगाएतको टोलिले गाँउपालिका अध्यक्ष रेणुका चौलागाईलाई उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेकपा एमाले चौरीदेउराली गाँउ कमिटीले नेपालको संविधान वमोजिम स्थानिय तहको अधिकार सम्बन्धी ब्यबस्था कार्यन्वयन गर्न तथा सघं प्रदेश र स्थानिय तह बिचको सहकारीता, सह अस्तित्व र समन्वयलाई प्रर्बद्धन गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी शुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न लोकतन्त्रका लाभहरुको समानुपातिक, समाबेशी र न्यायोचित वितरण गरी कनुनी राज्यको आभाष दिलाउन र जनताको अभिमतद्धारा निर्वाचित स्थानिय सरकारले जनउत्तरदायी काम नगर्दा चौरीदेउराली गाँउपालिका भित्रका नेकपा एमाले तथा नेता कार्यकर्ताहरु मुकदर्शक भएर नरहने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

उक्त पत्रमा पालिकालाई १६ बुदे ध्यानाकर्षण पत्र समाबेश गरीएको छ । गरीबीको रेखामुनी रहेका जनताहरुको जीवनस्तर उठाउने कार्यक्रम बनाई लागु गर्नु पर्ने, शैक्षिक संस्थामा कार्यकर्ता भर्तिकेन्द्र नभई दक्ष, अनुभबी गुणस्तरीय शिक्षा दिन सक्ने क्षमतावान हाम्रा मान्छे नभई राम्रा मान्छे शिक्षक शिक्षिकाको खोजी गरिनु पर्ने, विद्यालयको दरबन्दी कटौती, मिलान, विद्यालय स्थगन, मर्ज डाउन साईज गर्दा विद्यालय ब्यबस्थापन समिति, प्रशासन र अभिभावक बाट सुझाब संकलन पश्चात मात्र गर्नु पर्ने, माध्यमिक तह सम्मको शिक्षा निशुल्क भनिएता पनि विभिन्न बहानामा शुल्क उठाईएकाले आगामी शैक्षिक सत्रबाट कुनै पनि शुल्क उठाउन नपाउने निर्णया गर्नु पर्ने, बाढी पिडितको नाममा आएको राहत सामाग्री न्यायोचित रुपमा वितरण नभएकोले सर्वपक्षिय छलफल बाट गर्नु पर्ने, गाँउपालिकाका स्थायी वा अस्थायी तथा करारका कर्मचारीहरुले कुनै पनि पार्टीको कार्यकर्ताको रुपमा काम नगरी राष्ट्रसेवक कर्मचारीको भुमिकामा समान र सहज तरिकाले सेवा प्रदान गर्नेु पर्ने, कृषि स्वास्थय, पर्यटन बन सम्बन्धी गाउँपालिकाको तत्कालिन, अल्पकालिन र दीर्घकालिन धारणहरु तत्काल सार्वजानिक गर्नु पर्ने, खाली हुदै गरेका गाउँ र बाझाँ हुदै गरेका उत्पादन दिन सक्ने जमीनमा माटो परीक्षण गरी उत्पादनलाई बृद्धि गर्दे खाली हुदै गरेका गाँउबस्तीमा आशा र भरोसाका बाताबरण श्रृजना गर्नु पर्ने, जनताको आयस्तर उकास्ने रोजगारी श्रृजना गर्ने, जनताले उत्पादन गरेका बस्तु तथा सेवालाई सहज तरिकाले बजार सम्म पु¥याउने र उचित मुल्यमा विक्रि वितरण गर्न बाताबरण मिलाउनु पर्ने, स्थानीय सरकार जनउत्तरदायी हुनु पर्नेमा पुर्वाग्राही भएको भन्ने जनगुनासो रहेकाले त्यस्ता कार्य तत्काल बन्द गर्नु पर्ने जस्ता बुदाँहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । उक्त पत्र बुझदै पालिका अधयक्ष रेणुका चौलागाईले विकासमा कुनै पक्षपात नगरिएको, गत असोजमा गएको बाढीपहिरोमा पुर्ण क्षती भएका ३ सय १७ घर परिवारलाई राहत वितरण गरिएको, सेवालाई चुस्त दुरुस्त बनाउदै डिजिटल सिस्टमा लगिएको, पाकिलामा कर्मचारीको अभाव हुदाँ समेत संघिय सरकारले कर्मचारी नपाठाँउदा जनतालाई सेवा दिन असहज भएको, पालिकाको आफ्नै भवन नभएकाले भवन बनाउन जग्गा प्राप्तीको काम सम्पन्न गरी भवन निमार्णको प्रक्रिया अगाडी बढेको, गाँउमा सडक, विद्यालय भवन, स्वास्थय शिक्षा सम्बन्धी कामहरु हुदाँ समेत स्थानीयहरु गाँउमा नबसी शहर पसेको, विद्यार्थी सख्या कम भई ५७ वटा विद्यालय बाट ३२ मा झार्नु परेको बताईन् । पालिकामा विकास गर्न आफु एक्लैले मात्रै सम्भव नभएकाले सबै राजनितिक दल, प्रदेश सरकार र संघिय सरकारको सहयोगमा मात्रै सम्भव भएको बताईन् । कर्मचारीहरुले राजनितिकरण गरेको भए र जनतालाई सेवा प्रदानमा दुख दिएको रहेछ भने आफुले सचेत गराउने चौलागाईले बताईन् ।
