प्रजातन्त्र दिवसमा खेलाडीहरुसँग अन्तर्क्रिया

बनेपा/प्रजातन्त्र दिवसको अवसर पारी जिल्ला खेलकुद विकास समिति काभ्रेले खेलाडीहरुसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।

नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानविर वाईवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कराँते तथा अन्य खेलसँग सम्वन्धित ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

जिल्ला खेलकुद विकास समिति काभ्रेले फागुन ९ गते शुक्रबार देखि जिल्ला स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड महोत्सव आयोजना गरेको जानकारी गराउँदै अध्यक्ष मानविर वाईवाले खेलकुद क्षेत्रको विकास र प्रर्वद्धनमा स्थानीय सरकारको समन्वय आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । खेलक्षेत्र र खेलाडीहरुको सम्र्वद्धन र प्रर्वद्धनका लागि गरिएका कार्यक्रमका बारेमा बताउँदै नगर प्रमुख शाक्यले महोत्सव सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

खेलकुद विकास समितिका कार्यालय प्रमुख बलराम शर्मा कट्टेलले संचालन गरेको उक्त कार्यक्रममा उपप्रमुख विमला सापकोटा, समाजसेवी तथा विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तित्व भेषराज शाह, खेलाडी राजमन्दिल श्रेष्ठ लगायतले खेल क्षेत्रको महत्व र आवश्यकताका बारेमा धारणा राखेका थिए ।