विकटेश्वर इङ्गलिस सेकेन्डरी स्कुलले गर्‍यो शैक्षिक प्रदर्शनी

भैसेपाटी, बनेपा/बनेपा नगरपालिका वडा नम्वर १३ मा रहेको विकटेश्वर इङ्गलिस सेकेन्डरी स्कुलले शैक्षिक प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले स्थानीय स्तरमा प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरी निर्माण गर्न सकिने सामाग्रीहरु तयार गरी प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुजेलले विद्यालयले गरिरहेका शैक्षिक कार्यक्रम, विद्यार्थीहरुको सिर्जनात्मक, अनुसन्धानमुलक र ब्यवहारीक ज्ञानलाई प्रर्दशनीमा प्रस्तुत गरिएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी महासंघका अध्यक्ष विनोद न्यौपानेले विद्यार्थीहरुको सिकाई उपलब्धीलाई प्रर्दशन गरेर अभिभावकहरुलाई समेत बालबालिकाहरुको सिकाई अभिबृद्धीमा हौसला दिएकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुजेल, विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरु, जनप्रतिनिधिहरु तथा अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रम शिक्षक नारायणबाबु पाल्पालीले संचालन गरेका थिए ।