चण्डेश्वरी साकोसले गर्‍यो ज्येष्ठ सदस्य तीर्थाटन तथा सदस्यको स्वास्थ्य परिक्षण

बनेपा/ एक्सेस सिल्भर ब्राण्ड प्राप्त चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा आबद्ध जेष्ठ सदस्यहरुलाई तिर्थाटन तथा सदस्यहरुको स्वास्थ्य परिक्षण तथा सुकुल भोज गरेको छ ।

संस्थाको वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्ष सदस्यहरुलाई तिर्थाटन गरिदै आएको संस्थाका अध्यक्ष नविनभक्त बादेले बताए । संस्थामा आबद्ध ६० वर्ष भन्दा माथि ७५ वर्ष भन्दा मुनिका ५ सय ५० जना सदस्यलाई चण्डेश्वरी मन्दिरमा तिर्थाटन गराई सुकुल भोज गराईएको थियो भने बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा २ सय ५० जना जेष्ठ सदस्यको स्वास्थ्य परिक्षण गरिएको थियो ।

नेपालकै उत्कृष्ट सहकारीको पहिचान बनाउन सफल उक्त संस्थाको कुल शेयर पुजीं ११ कारोड ३४ लाख ५९ हजार, कुल बचत १ अर्व २० करोड ९९ लाख १८ हजार, कर्जा लगानी ९५ करोड २७ लाख ८२ हजार, सदस्य संख्या १० हजार ५ सय ७९ जना रहेको छ ।

संस्थाले सदस्यहरुका सुविधाका लागी विभिन्न स्वास्थ्य शिबिर, रक्तदान, घरदैलो सेवा, सुत्केरी भेटघाट, प्राकृतिक मृत्यु राहत, सवारी दुर्घटना राहत, आगलागी बाट क्षति राहत, महिला सदस्य प्रसुती पौष्टिक आहार राहत, घातक रोगको उपचार लगाएतका विविध सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष नविनभक्त बादे, उपाध्यक्ष रमेश काजी श्रेष्ठ, सञ्चालक सदस्यहरु, लेखा समितीका पद्यादिधारीहरु, सल्लाहकार, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।