एमाले पनौती नगरमा निर्वाचितलाई ४ नम्बर वडा कमिटीको बधाई तथा शुभकामना

नेकपा एमाले पनौती नगर कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई ४ नम्बर वडा कमिटीले बधाइ तथा शुभकामना व्यक्त गरेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित टिमलाई शुभकामना व्यक्त गरिएको हो ।
वडा कमिटी अध्यक्ष दिपक दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य रमेश पौडेल, प्रदेश कमिटी सदस्य एवं पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा लगायत नवनिर्वाचित पदाधिकारी सहित वडाबाट विभिन्न पदमा निर्वाचित व्यक्तिहरु, वडा कमिटीका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।
फागुन ३ गते सम्पन्न दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा सुरेश हुमागाँई निर्वाचित भएका छन् । उपाध्यक्षमा सन्तोष केसी, सचिवमा शिवराम आचार्य, उप–सचिवमा शिवनारायण घुल्लु र उमा बोगटी थापा निर्वाचित भएका छन् । वडा नम्बर ४ बाट नगर कमिटी सदस्यमा विनोद पौडेल, कान्छिमैया थापा, शुसिला सुवाल, जीवन वि.क.श्रीराम थापा, अम्बिका कुमारी सुवेदी, प्रकाश बञ्जारा र लेखा सचिवमा विनायक न्यौपाने निर्वाचित भएका छन् ।

पनौती नगरपालिका ४ नम्बर वडा कमिटीको अधिवेशन मिति समेत तय भएको छ । चैत ९ गते अधिवेशन गर्ने निर्णय भएको वडा कमिटी सचिव सुरेन्द्र तामाङले जानकारी दिए ।