संविधानसभा सदस्य विदुर सापकोटाको निधन

संविधानसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका नेता विदुर सापकोटाको निधन भएको छ ।

मिर्गौलासम्बन्धी रोगबाट पीडित ५८ वर्षीय सापकोटाको उपचारका क्रममा गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा निधन भएको हो । २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे ४ बाट निर्वाचित भएका थिए ।

लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिव रहेका उनी पछिल्लो समय नेकपा एसको पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए । सापकोटा काभ्रेबाट प्रकाशित हुने चेष्टा साप्ताहिकको संस्थापक प्रकाशक समेत हुन् ।

सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय आलोकनगरमा राखिने बताइएको छ ।

स्वर्गीय सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। सापकोटाका श्रीमती एक छोरी छन्।