जन्ती पुर्याएर फर्किएको बस काभ्रेको तेमालमा दुर्घटना, १ जनाको मृत्यु, चालक गम्भीर घाइते

जन्ती पुर्याएर फर्किएको बस काभ्रेको तेमाल गाउँपालिका–३ स्थित कुन्डोलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
आज विहान ५ः४० बजेको समयमा धादिङ बाट विवाहको जन्ति पुराएर फर्कने क्रममा ना ४ ख ८८१७ नं. को बस ट्रनिङमा व्याग गर्ने क्रममा दुर्घटना भएको हो । बस सडक बाट अन्दाजी २०० मिटर तल खसेको छ ।