काभ्रेमा १५ हजार ३ सय ४४ किशोरीलाई क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप, अब ‘स्क्रिनिङ’

जिल्लाका १३ पालिका मध्ये खानीखोला गाउँपालिका, नमोबद्ध नगरपालिका, भुम्लु गाउँपालिका, तेमाल गाउँपालिकामा ९९ प्रतिशत बालिकाहरुले खोप लगाएका छन् भने बनेपा, पाँचखाल, बेथान्चोक गाउँपालिकामा ९८ प्रतिशत बालिकालाई खोप लगाईएको छ । रोशी गाउँपालिकाले ९५ प्रतिशत, मण्डनदेउपुर र पनौती नगरपालिका ९४ प्रतिशत, महाभारत गाउँपालिकामा ९३ प्रतिशत खोप लगाईएको छ । सबैभन्दा कम चौरीदेउरालीमा ८१ प्रतिशत र धुलिखेलमा ८५ प्रतिशत बालिकाहरुले खोप लगाएका छन् । कुल १५ हजार ३ सय ४४ जना बालिकाहरुले खोप लगाए ।

धुलिखेल/राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि शुरु भएको खोप अभियान सकिएको छ । २०८१ माघ २२ देखि शुरु भई फागुन ६ गते सकिएको छ । १६ हजार ९७ जना बालिकाहरुलाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा १५ हजार ३ सय ४४ जना बालिकाहरुलाई खोप लगाईएको छ । लक्ष्यको ९५ प्रतिशत बालिकाहरुले खोप लगाएका छन् ।


कक्षा देखि १० सम्म अध्ययन गर्ने विद्यालयका बालिका तथा विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष उमेरसम्मका बालिकाहरुका लागि उक्त खोप लगाईएको थियो । काभ्रेपलाञ्चोक जिल्लामा लक्ष्यको ९५ प्रतिशत बालिकाहरुले उक्त खोप लगाएका छन् । अशिक्षा, चेतनाको कमी तथा विभिन्न कारणवश लक्ष्य अनुसार केहि प्रतिशत खोप लगाउने बालिकाको संख्या कम भएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले बताईन् । जिल्लाले १६ हजार ९७ जना बालिकाहरुलाई खोप लगाउने योजना तय गरेको थियो । सोहि परिणाममा ल्याएको खोपका आधारमा बालिकाहरुलाई खोप केन्द्रमा खोप लगाईएको थियो । अधिकांश पालिकाहरुले लक्ष्यको ९९ प्रतिशत खोप लगाएका छन् । सबैभन्दा कम चौरीदेउराली गाउँपालिकामा ८१ प्रतिशत खोप लगाएका छन् भने धुलिखेलमा ८५ प्रतिशत खोप लगाएका छन् । ४ सय ५० बालिकाहरुलाई खोप लगाउने लक्ष्य राखिएको चौरीदेउराली गाउँपालिकामा ३ सय ६४ जनालाई खोप लगाईएको थियो ।


धुलिखेल नगरपालिकामा १४ सय १६ बालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा १२ सय ४ जनाले मात्रै खोप लगाएका थिए । कतिपय बालिकाहरुले खोप लगाउन नमानेको विद्यालयहरुले जानकारी गराएका छन् । खानीखोला गाउँपालिका, नमोबद्ध नगरपालिका, भुम्लु गाउँपालिका, तेमाल गाउँपालिकाले ९९ प्रतिशत खोप लगाएका छन् भने बनेपा, पाँचखाल, बेथान्चोक गाउँपालिकाले ९८ प्रतिशत बालिकालाई खोप लगाएका छन् । रोशी गाउँपालिकाले ९५ प्रतिशत, मण्डनदेउपुर र पनौती नगरपालिका ९४ प्रतिशत, महाभारत गाउँपालिकामा ९३ प्रतिशत खोप लगाएका छन् । जिल्लामा कुल ९५ प्रतिशत बालिकालाई खोप लगाईएको कक्षपति श्रेष्ठले बताईन् ।


महिलाहरुमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रुपमा रहेका बालिकाहरुलाई बचाउने दायित्व अनुरुप सरकारले अभियान चलाएको हो । खोप अभियानसँगै ३० वर्ष पुरा भएका ५० वर्ष नकटेका महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्वन्धि परिक्षण गरिने भएको छ । एच।पि।भी। एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस ह्युमन प्यापिलोमा भाइरस ९एचपीभी० भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच।पि भि।हो । यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छन् । यसमध्ये प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन् भन्ने कुरा बिभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाइन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एचपीभी भाइरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने विभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ ।


एचपिभी खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरुलाई दिँदै आइरहेको छ । त्यसैले यसको प्रभाबकारीता शतप्रतिशतसम्म रहेको बिभिन्न अध्ययनले देखाएको छ । कक्षा ६ देखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई मुख्यतः विद्यालय केन्द्रीत खोपकेन्द्रबाट एचपिभी खोप दिइएको हो । पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा नरहने अवस्थामा पु¥याउन नेपाल सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाका गन्तब्य निर्धारण गरेको छ । १० देखि १४ वर्ष उमेरभित्रका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप दिने, ३० देखि ४९ वर्ष उमेरका महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण ९स्क्रनिङ्ग० गर्ने, पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरुको उपचार गर्ने अभियानलाई सरकारले तिव्रता दिएको छ । स्क्रिनिङ्गका लागि शहरी क्षेत्रमा क्याम्पिेनिङ्ग शुरु गरिएको छ । स्थानीय तहमा रहेका स्वास्थ्य शाखाहरुले जनस्वास्थ्य कार्यालयको समन्वयमा अभियान शुरु गरेको बताएका छन् । यो समाचार आजको चेष्टा साप्ताहिकमा प्रकाशित छ ।