स्वास्थ्य सेवामा दयालु, नवीन र बिरामी केन्द्रित हेरचाहका लागि नर्सहरुको चौथो अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा

धुलिखेल/काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस, नेपालको चौथो अन्तर्राष्ट्रिय नर्सिङ तथा मिडवाइफरी सम्मेलन धुलिखेल अस्पतालमा शुरु भएको छ । अस्पतालका संस्थापक प्रा.डा.रामकण्ठ माकजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रा.डा.कुन्तादेवी पुनले स्वागत गरेकी थिईन् । कुन्तादेवी पुनः नर्सिङ तथा मिडवाइफरी कार्यक्रम निर्देशक हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी माकजुले विश्वमा नै नर्सहरुले खेलिरहेको भूमिका तथा विरामीहरुको स्वास्थ्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए । सम्मेलनमा प्रस्तुत हुने विषय, छलफल तथा निश्कर्षले आगामी दिनमा पेशा तथा ब्यवसायमा अझै निखारता आउने विश्वास डा.माकजुले ब्यक्त गरे ।
कार्यक्रममा विभिन्न देश तथा नेपालका विभिन्न अस्पतालमा कार्यरत नर्सहरुको सहभागिता रहेको छ । सम्मेलन शुक्रबार समापन हुनेछ । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु लगायतका जनप्रतिनिधिको उपस्थिती थिो ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन प्रा.डा मनोज हुमागाई, काठमाडौ विश्वविद्यालयका रजिस्ट्रार तथा कार्यवाहक उपकुलपति प्रा.डा अच्युत वाग्ले, युएस स्थित माउन्ट सिनाई फिलिप्स स्कुल अफ नर्सिङ्गका डिन डा.किम्वर्ली एस ग्लासम्यान, अस्पतालका कार्यकारी निर्देशक डा.रामककण्ठ माकजु श्रेष्ठ, धुलिखेल अस्पतालका क्लिनिकल नर्सिङ डाईरेक्टर सुलेखा श्रेष्ठ लगायतले सम्मेलन सम्वन्धी विषयमा धारणा राखेका थिए ।

सोहि सम्मेलनमा विभिन्न देशका एक सय भन्दा धेरै नर्सहरु सहभागि छन् भने कार्यक्रम शुभारम्भमा काठमाडौ विश्वविद्यालय, धुलिखेल अस्पताल तथा जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सम्मेलनमा नर्सिङ विज्ञानमा नयाँ क्षितिज खोल्दै स्वास्थ्य हेरचाह, नविनतम विचार, शिक्षार दयालु सेवा मार्फत स्वास्थ्य सेवालाई अगाडि बढाउने प्रतिबद्धतालाई प्राथमिकीकरण गरिएको छ । स्वास्थ्य सेवा परिदृश्यमा दयालु, नवीन, र बिरामीकेन्द्रित हेरचाहको महत्वपूर्ण भूमिकालाई थप सहयोग पु¥याउने छ ।

