प्रगति प्रभात एकेडेमी सेकेण्डरी स्कुलको ३८ औं अभिभावक दिवस

बनेपा/ प्रगति प्रभात एकेडेमी सेकेन्डरी स्कुलको ३८ औ अभिभावक दिवस एवं वार्षिकोत्सव विद्यालयका संस्थापक अध्यक्ष, शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
शिक्षासेवी अधिकारीले संस्थागत विद्यालय तर्फ उक्त विद्यालय जिल्लाको पुरानो र आफ्नै ईतिहास बनाएको विद्यालय भएको बताए । स्थापना कालको शिक्षण सिकाई र अहिलेको शिक्षण सिकाई नै फरक भएकाले विद्यार्थीहरुलाई ब्यवहारिक शिक्षा प्रदान गर्नु पर्नेमा उनले जोड दिएका छन् । अहिले सबै भन्दा संस्कारयुक्त, ब्यवहारिक, सिपमुलक, श्रृजनात्मक शिक्षाको खाँचो भएकाले शिक्षकहरुलाई सोहि अनुसारको तालिम प्रदान गरी विद्यार्थीहरुलाई सिकाउनु पर्ने अधिकारीले बताए । अहिलेको प्रविधि अनुसार र प्रविधिसँग खेल्न सक्ने शिक्षा नै महत्वपुर्ण भएकाले त्यसतर्फ ध्यान दिन विद्यालयलाई आग्रह गरेका थिए ।
कार्यक्रममा विद्यालयका ब्यस्थापकिय निर्देशक तथा प्रिन्सिपल चन्द्र प्रसाद ताजपुरियाले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । विद्यालयमा भौतिक सुबिधा सगै शैक्षिक गुणस्तरका लागी विभिन्न शैक्षिक क्रियाकलापहरु गर्दै आएको बताए ।

विद्यालयले पढाईको साथ साथै शैक्षिक क्रियाकलाप, विभिन्न खेलकुद, चित्रकला, हस्तकला, बक्तृत्वकला, हाजिरिजवाफ, गायन, तेक्वान्दो, नृत्य जस्ता अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको ताजपुरीयाले बताए । विद्यालयले २०७९ सालको एसईई परिक्षमा जिल्ला प्रथम, २०८० को एसईई परिक्षमा ३.९६ जिपिए ल्याई जिल्ला दोस्रो भई पटक पटक उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताएका थिए ।
विद्यालयमा शैक्षिक सत्र २०८१ मा कक्षा प्ले ग्रुप देखी कक्षा १२ सम्म ६ सय ५३ जना विद्यार्थीहरुले अध्ययन गरीरहेका प्रिन्सिपल ताजपुरीयाले बताए । कार्यक्रममा २०८० सालको एस ई ई परिक्षामा उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व सञ्चालक समिति अध्यक्ष तुयुलक्ष्मी शाक्यले गरेकी थिईन् । कार्यक्रम विद्यार्थीहरुले सास्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रम फागुन ९ र १० गते सम्म सञ्चालन हुने छ ।
