एक्सप्रेस साकोसको सदस्य सुचना तथा अन्तर्क्रिया कार्यक्रम

बनेपा/एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा आबद्ध भएका सदस्यहरुलाई सहकारी सिद्धान्तको ‘शिक्षा, तालिम र सुचना’ अन्र्तगत सदस्य सुचना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सदस्यहरुले विभिन्न खालका खेलहरुको मध्यमबाट र अन्र्तक्रिया बाट आफ्ना सल्लाह, सुझाव तथा जिज्ञासाहरु प्रस्तुत गरेका थिए । सदस्यहरुलाई संस्थाको बारेमा अध्यक्ष ईश्वर के.सी.ले बताएका थिए । केसीले संस्थाको समिक्षा, वर्तमान सहकारीको अवस्था र चुनौती, संस्था र सदस्यको सम्बन्ध, संस्थामा सदस्यको भूमिका, जिम्मेवारी र महत्व आदिको विषयमा तथा हालै जारी भएको सहकारी अध्यादेश २०८१ को बारेमा बताएका थिए ।

कार्यक्रममा उपाध्यक्ष सीता ओझाले स्वागत मन्तब्य राखेकी थिईन् । कार्यक्रममा संस्थाका सचिब सचिव उद्धव प्रसाद तिमल्सिना, प्रमुख कार्यकारी अधिकृत अरुण थापा, सदस्यहरु दयाराम महत, विष्णु पाण्डे, टिकाराम घिमिरे, नरेन्द्र विष्ट, सुमित्रा तिमल्सिना, बद्रि न्यौपाने, अञ्जु खड्का, माधव प्रसाद पराजुली, बद्रि पौडेल लगाएतले सुझाव सहितको धारणा राखेका थिए ।

कार्यक्रममा संचालक समिती, लेखा तथा सुपरिवेक्षण समिती, उपसमितीहरु र कर्मचारीहरु समेतको सहभागिता रहेको थियो ।