हस्तलेखन प्रतियोगितामा काभ्रे माविकी सानभी भईन प्रथम

काभ्रे/ काभ्रे माध्यमिक विद्यालयको कक्षा २ कि छात्रा सानभी त्रिपाठी हस्तलेखन प्रतियोगितामा रास्ट्रीय स्तरमा प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।
नेश्नल क्रियटीभ ट्रेनिङ्ग एण्ड लर्निङ सेन्टर चितवनको आयोजनामा भएको राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगितामा सानभी त्रिपाठी प्रथम भएकी हुन् । प्रतियोगितामा देशैभरका बालबालिकाहरुको सहभागिता रहेको थियो । काभ्रे माध्यमिक विद्यालयका प्रिन्सिपल कुमार मानन्धरले सानभी लाई बधाई दिदै भने, उनी सानै देखी मेहनती र लेखनमा बढी ध्यान दिने गर्दथिन त्यसै कारणले उनि राष्टिय स्तरमा नै हस्त लेखन प्रतियोगितामा प्रथम हुन सफल भईन् ।

विद्यालयले समेत आन्तरीक रुपमा विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलाप लिदै आएको छ । उनीहरुको क्षमता, नेतृत्व विकासका लागी कविता, बकृत्वकला, चित्रकला, हस्तलेखन, हाजिरिजवाफ, फुटसल, भलिबल जस्ता प्रतियोगिताहरु सञ्चालन गर्दे आएको मानन्धरले बताए । एस एल सी परिक्षामा बोर्ड प्रथम र द्धितिय, एसईई परिक्षामा समेत उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयले विद्यार्थीहरुको चौर्तफि विकासका लागी कुनै कसर बाँकी नराखेको मानन्धरले बताए । विद्यार्थी, शिक्षक र अभिभावकहरुको समन्वयमा मात्रै हामिले सोचेको शिक्षा दिन र प्राप्त गर्न सकिने बिधालयका प्रधानाध्यापक कुमार मानन्धरको भनाई रहेको थियो ।