आरम्भ चौतारी लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

बनेपा /आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचखालमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी विक २०२५, मार्च १७ देखि २३ सम्म सञ्चालित उक्त वित्तीय साक्षरता कार्यक्रम काभ्रेको पाँचखाल नगरपालिकाको सभाहलमा सम्पन्न गरेको हो ।

नगरपालिका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरपालिकाले अब आउने वर्षहरूमा गरिबीको रेखा मुनि रहेका कृषकहरुलाई माथि उकास्ने योजनाहरु ल्याउने उकास्ने योजनाहरु ल्याउने नगरप्रमुख खरेलले बताएका थिए। त्यसैगरी कार्यक्रममा पाँचखाल नगर वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी वडा नं ४ का अध्यक्ष सुन्दर लामा वडा नं १२ का वडा अध्यक्ष ज्ञान बहादुर दनुवारले वित्तीय साक्षरता सम्बन्धी आफ्ना धारणा राखेका थिए।

यस कार्यक्रमले युवाहरूमा वित्तीय साक्षरताको अभिवृद्धि, वित्तीय निर्णय गर्ने क्षमताको विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिँदा हुन सक्ने झमेला र ठगी लगायतका विषयमा सचेतना दिएको छ ।

संस्थाकी सदस्य सविता बञ्जारा तिमल्सिनाले आफ्नो सफलताको कथा सुनाएकी थिइन् भने गीता भट्ट, सीता दनुवार, सीता श्रेष्ठ, सुस्मिता दनुवारले आ-आफ्ना मन्तब्य राखेका थिए। शाखा प्रमुख सुजाता दनुवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी कर्मचारी रमा पराजुलीले स्वागत मन्तव्य राखेकी थिईन् भने बागमती प्रदेश कार्यक्रम अधिकृत संगीता कार्कीले कार्यक्रम संचालन गरेकी थिइन्।