सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

काठमाडौँ /नेपाली बजारमा आज सुनको मूल्य सामान्य अंकले घटेको छ । सोमबार तोलामा एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  सोमबारको तुलनामा सुन आज २०० रुपैयाँले घटेको हो । 

त्यस्तै चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन । चाँदी आज पनि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार पनि चाँदीको मूल्यमा स्थिर थियो ।