पनौतीमा बसको ठक्करबाट ७० वर्षिया वृद्धाको मृत्यु

पनौती नगरपालिका ७ स्थित बसपार्कमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। बा प्र ०१–००३ क ९४८५ नम्बरको बसको ठक्करबाट पैदलयात्री ७० वर्षीया मैया बजगाईंको मृत्यु भएको हो ।

ललितपुर जिल्ला महाङकाल गाउँपालिका २ घर भई पनौती ४ मा बसोबास गर्दै आएकी महिलाको उपचारको क्रममा बनेपाको शिर मेमोरीयल अस्पतालमा निधन भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।