फिलिपिन्समा म्यान अफ द वर्ल्ड प्रतिस्पर्धा गर्ने तयारीमा रहेका आयुषलाई बनेपाको सम्मान

बनेपा/बनेपा नगरपालिकाको ४४ औ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याई सम्मान प्राप्त गरेका ब्यक्तिहरुलाई नगरपालिकाले सम्मान गरेको छ ।

सम्मानितहरुलाई उपप्रधान मन्त्री प्रकाशनमान सिंहले सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेका थिए । सम्मान पाउनेहरुमा मिस्टर नेपाल २०२४ प्रतियोगितामा सहभागि भई म्यान अफ द वर्ल्ड नेपाल २०२४ एण्ड बेस्ट पर्सनालिटी प्राप्त गरेका बनेपा १४ निवासीआयुष दुलाल रहेका छन् । म्यान अफ द वर्ल्ड नेपाल २०२४ प्राप्त गरेका दुलाल मे २०२५ मा फिलिपिन्समा आयोजना हुने म्यान अफ द वल्र्ड २०२५ प्रतियोगितामा विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने तयारीमा छन् ।

आईटी स्नातक र मानसिक स्वास्थ्य प्राथमिक सहयोगी आयुषले मानसिक स्वास्थ्य जागरूकताको वकालत र खेलकुद प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन । बहुआयामिक पृष्ठभूमी र समर्पणले उनलाई अन्तर्राष्ट्रिय उपाधिको लागि बलियो दावेदार बनाउँछ। नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित मिस्टर नेपाल प्रतियोगिताले मिस्टर वर्ल्ड , मिस्टर ग्लोबल र म्यान अफ द वर्ल्ड लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि नेपालका प्रतिनिधिहरू छनोट गर्ने प्लेटफर्मको रूपमा काम गर्दछ।

आयुषले आगामी विश्वव्यापी प्रतियोगिताको तयारी गरिरहेको बेला, राष्ट्र उनको पछाडि उभिएको छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिभा र सांस्कृतिक समृद्धिलाई उजागर गर्ने उल्लेखनीय प्रदर्शनको आशमा रहेको बताएका छन् ।