बनेपा नगरपालिकाको ४४ औं स्थापना दिवसमा ७२ वटासम्मान

बनेपा/बनेपा नगरपालिकाले स्थापनाको ४४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा नगर क्षेत्रमा विभिन्न विद्यामा उत्कृष्टता हासिल गरिरहेका ब्यक्तिहरुलाई सम्मान गरेको छ ।

स्थापना दिवसका अवसरमा प्राज्ञिक ब्यक्तित्व मार्फत काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युतप्रसाद वाग्ले सम्मानित भएका छन् । वाग्ले बनेपा १२ निवासी हुन् । केहि साता अघि मात्रै उनि उपकुलपतिमा नियुक्ति भएका थिए । उनी यस अघि रजिस्ट्रार थिए । त्यस्तै धर्म र संस्कृतिका लागि अविचलित कृयाशिल ब्यक्तित्वहरु राजारानी नृत्य प्रस्तुत गर्ने मोहन तौजले र सजिना श्रेष्ठ सम्मानित भएका छन् । २५ वर्ष सेवा अवधी पुगेका कर्मचारीहरु लक्ष्मी देउजा र विकास खाछिभोया रहेका छन् । सुम्पिएको जिम्मेवारी इमान्दारपुर्वक निर्वाह गर्ने सीता भट्टराई र विश्वनाथ भोक्षिभोयालाई नगद २५ हजार सहित सम्मान गरिएको छ ।

सम्मान पाउनेहरुमा खेलकुद तथा अन्य विद्याहरुबाछट बनेपा १२ की गयाजी खड्का, बनेपा १४ का सस्मन बस्नेत, बनेपा १२ का सुरज कार्की, बनेपा ५ का राजमन्दिर श्रेष्ठ, बनेपा १० का देवराज केसी, बनेपा ७ का अनुजकुमार सिंह, बनेपा ८ का सन्देश मानन्धर, बनेपा १४ का आयुष दुलाल, बनेपा १४ कै रजिना श्रेष्ठ, बनेपा १० का मनिल श्रेष्ठ, बनेपा १४ की तुम्ला मधिकर्मी, बनेपा ८ का प्रा.डा भिमलाल नकर्मी, बनेपा ३ का सुजित गुरुङ, बनेपा ८ ककी लक्ष्मी भालु श्रेष्ठ, बनेपा ३ का रविनसन श्रेष्ठ, बनेपा ७ का ओसिश कारंजित, बनेपा १३ का भीमबहादुर खड्का, बनेपा ११ का महेश्वर थापा र बनेपा ७ का प्रज्वल प्रधान रहेका छन् ।

सामुदायिक विद्यालयहरुमा कार्यरत १५ वर्ष सेवा अवधी पुगेका स्थायी शिक्षकहरु गायत्री बैदार, रामकृष्ण कार्की, मोहनप्रसाद गुरागाई र भगवती तिमल्सिना रहेका छन् । १५ वर्ष सेवा अवधी पुगेका कर्मचारीहरुमा शिवराज त्रिपाठी, रिता ढुंगाना बञ्जारा, भक्तिकुमारी तिमल्सिना र निलम बज्राचार्य रहेका छन् । २०८० चैत्रसम्म अवकास पाउने शिक्षकहरु हरीप्रसाद श्रेष्ठ, लक्ष्मीनारायण श्रेष्ठ, उद्धवराज गौतम, मधुसुदन बैद्य, कमला हुमागाई, बच्चुराम दाहाल, इन्द्रावती श्रेष्ठ, शान्तलाल श्रेष्ठ, मोहनकृष्ण श्रेष्ठ, दया प्रजापति, राजु बस्नेत, गणेशप्रसाद दाहाल, केदारप्रसाद दाहाल, रामप्रसाद दाहाल र सिताराम दाहाल रहेका छन् ।

कक्षा १२ मा संस्थागत तर्फ उत्कृष्ट हुने स्वस्तिका कार्की, कुसुम यादव र सिद्धान्त तिमल्सिना रहेका छन् भने सामुदायिक तर्फ रामी सार्की र जीवन स्याङतान रहेका छन् । सम्मानित विद्यार्थीहरुले नगद ५/५ हजार प्राप्त गरेका थिए । एसईईमा उत्कृष्ट हुने सामुदायिक विद्यालय तर्फका प्रतिक्षा विक, स्मरण लामिछाने, साजन कोईराला छन् भने संस्थागत तर्फ स्मृति श्रेष्ठ, अभिषेक बञ्जारा र सम्भव अधिकारी रहेका छन् । उनिहरुले पनि नगद ५÷५ हजार सहित सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

स्थापना दिवसमा बनेपा १४ का प्रकाशचन्द्र जोशी उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् उनले बहाल करवापत ५ लाख ७२ हजार ८८ रुपैया ब्यक्तिगत तर्फको कर बुझाएका छन् । हेस्टर साईन्सेज प्राली बनेपा ८ स्थित मालपोत र ब्यवसाय कर बापत ९ लाख २१ हजार ३ सय रुपैया बुझाएको छ । उक्त संस्थालाई संस्थागत तर्फबाट सम्मान गरिएको थियो ।

ब्यवसायीक खेती तर्फ मणिराज श्रेष्ठ बनेपा १, बनेपा ३ का हरिशरण बजगाई, बनेपा ४ का रमनकाजी सुवाल, बनेपा १३ का निरमाया तामाङ र बनेपा ७ की तारा श्रेष्ठलाई प्रशंशापत्र प्रदान गरिएको छ । पशुपालन तर्फ उत्कृष्ट भैसीपालक प्रकाश तिमल्सिना, बाख्रापालक सानुमैया भुजेल, काफ्ले कृषि तथा पशु पन्छी फर्म, रमेश तामाङ लगायत छन् । उनिहरु सबैलाई १०/१० हजार नगद सहित सम्मान गरिएको थियो ।

स्थापना दिवस कार्यक्रम नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपप्रमुख विमला सापकोटाले स्वागत गरेकी थिईन् । कार्यक्रममा जिल्ला स्थित संघ तथा प्रदेश सभा सदस्यहरु, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिहरु, राष्ट्र सेवक कर्मचारीहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । पालिकाले प्रकाशन गर्दै आएको बुलेटिनको तेश्रो भाग सार्वजनिक गरिएको थियो ।